बाढीको अवलोकन गर्दै सांसद थापाले सतर्क रहन आग्रह गरे

भक्तपुर, असार २२
भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले शनिवार बिहानै भक्तपुरको हनुमन्ते र मनोहरा नदी तटिय क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ । शुक्रवार रातीदेखी परेको अविरल वर्षाका कारण जिल्लाका प्रमुख नदीहरु मनोहरा, हनुमन्ते, खस्याङ खुसुङलगायतका नदीहरुमा आएको बाढीको अवस्थाको बारेमा सांसद थापाले स्थलगत अवलोकन गर्नुभएको हो ।


स्थलगत अवलोकनका क्रममा अविरल वर्षाको कारण हनुमन्ते खोला र खस्याङ–खुसुङ खोलाको पानीको सतह बढेकोले जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा सम्बन्धित निकायहरुलाई उच्च सतर्कतामा रहन अनुरोध गर्नुभयो ।
उहाँले वर्षा नरोकिएकोले खोलाको सतह अझै बढ्न सक्ने भन्दै खोला किनारको बस्तीले पनि सतर्कता अपनाउनुपर्ने बताउनुभयो ।