गोपाल खागी बुद्धिचाल प्रतियोगितामा दोलाखाका आशिष प्रथम

भक्तपुर, जेठ १६
गोपाल खागी स्मृति ब्लिट्ज रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि दोलाखाका आशिष फुयाँलले जितेका छन । नेपाल ईको प्यानलको आयोजनामा भक्तपुरमा मंगलवार सम्पन्न भएको प्रतियोगिताको नवौ चरणको खेलमा आषिशले ७ जित र एक बराबरी गरि ७.५ अंक सहित उपाधि हात पारेका हुन् । एकदिने प्रतियोगिता फाइनल चरणको खेलमा युवा खेलाडी काठमाडौका पुरुषोत्तम सिलवालसंग पराजित भएका थिए । उनले ६ हजार रुपैयाँ प्राप्त गरे ।
दोस्रो स्थानमा रहेका पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपालीको पनि समान ७.५ भए पनि टाइब्रेकरमा आषिशसंग बद्री पछि परे । बद्रीले ४ हजार रुपैयाँ पाए । तेस्रो भएका भोजपुरका धिरेन राईले ३ हजार रुपैयाँ पाए । पुरुषोत्तम सिलवाल चौथो भए भने काभ्रेका शैलेन्द्र कुमार पौडेल पाँचौ स्थानमा रहे ।
ललितपुरकम सुरज महर्जन छैटौं, भक्तपुरका निकेन कुस्था सातौं, राजेश कक्षपति आठौं ,मकवानपुरका लामा नवौं र ललितपुरका राजकुमार लामा दसौं भएको छ । प्रतियोगितामा भेट्रानतर्फ गणेशमान दुवाल उत्कृष्ट ठहरिए भने अनरेटेतर्फ विनायक पोखरेल उत्कृष्ट भए ।
१८ सय मुनी नुवाकोटका सुरेन्द्र लामा, १६ सय मुनी प्रदीप साहु र यु–१८ मा विभूषित कक्षपति, यु १६ काठमाडौँका कसिभ कार्की, यु १४ मा भक्तपुरका अग्रिम सैंजु अब्बल बन्दै पुरस्कृत भएका छन् ।
कृष्णभक्त दुवाल, नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन , सदस्य निरन्जन प्रजापति र विजेता खेलाडीहरुलाई परस्कृत गरे । २६ जिल्लाका ८० जना खेलाडीहरुको सहभागीता रहेको प्रतियोगिता अन्तर्राष्ट्रिय आर्विटर ज्ञानेन्द्र खाईजुले संचालन गरेका थिए ।
प्रतियोगिताका प्रायोजक नेपाल इको प्यानलले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रतियोगिता सञ्चालन गरेको जनाएको छ । प्रतियोगिता भक्तपुर जिल्ला बुद्धिचाल सङ्घका पूर्व सल्लाहकार स्वर्गीय गोपाल खागीको स्मृतिमा भएको हो ।