सहकारी ठगका मतियारलाई बिपीको नाम लिने अधिकार छैन – कांग्रेस सांसद रमा कोइराला

काठमाडौँ, १३ जेठ ः राष्ट्रपति भवन शीलतमा आइतबार आयोजित ‘महालेखा परीक्षकको ६१औँ वार्षिक कार्यक्रम’मा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षक तोयम रायोले प्रतिवेन पेशपश्चात सामूहिक तस्बिरमा । तस्बिर ः राष्ट्रपतिको कार्यालय÷रासस

भक्तपुर, जेठ १४
नेपाली कांग्रेस सांसद रमा कोइराला पौड्यालले ‘सहकारी ठगका मतियारलाई बिपीको नाम लिने अधिकार’ नभएको बताउनुभको छ । प्रतिनिधि सभाको आइतवारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले राखेका भनाइप्रति लक्षित गर्दै सांसद कोइरालाले उक्त भनाई राख्नुभएको हो ।
“बिपी त विश्वका नेता हुन् । उहाँले नाम लिन पाउनुहुन्छ । तर सहरकारी ठगी गर्नेहरूको मतियार भएका व्यक्तिहरूले बिपीको नाम लिने अधिकार छैन है,” संसद बाहिर पत्रकारहरुसँग कोइरालाले भन्नुभयो । उहाँले संसदीय छानबिन समिति नबनेसम्म कांग्रेसको विरोध नरोकिने र कांग्रेस नथाक्ने बताउनुभयो । “राणाहरूसँग नथाकेको, पञ्चहरूसँग नथाकेको, कांग्रेस कम्युनिस्टहरूसँग थाक्दैन । त्यो कुरा बुझेर राख्नुहोला । हामी थाक्दैनौं,” उहाँले भन्नुभयो ।
सांसद कोइरालाले आफू मजदुर संगठनबाट आएको र श्रमिकको आवाज उठाउँदै आएको सांसद भएको दावी गर्दै सहकारीमा गिटी कुट्ने, साग, मकै बेच्ने, सानासाना व्यवसाय गर्ने गरिबहरूको पैसा भएको बताउनुभयो । “त्यो अर्बौं पैसा घपलक्क पारेर आफ्नो बिजनेस गर्ने मिडियामा लान मिल्छ? अनि त्यसको छानबिन नभए के हुन्छ,” उहाँले भन्नुभयो ।
प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिएका रास्वपा सांसद वाग्लेले रोस्टममा पुगेपछि बिपी कोइरालाले स्थापित गरेको मानकलाई लज्जास्पद र औचित्यहीन अवस्थामा पु¥याइएको भन्दै खेद प्रकट गरेका थिए । वाग्लेले बिपीको नाम लिएपछि कांग्रेस सांसदहरुले होहल्ला गरेका थिए ।
वाग्लेलाई सभामुख देवराज घिमिरेले समेत दुई पटक विषयमा केन्द्रीत भएर बोल्न रुलिङ गरेका थिए । “यो असहज वातावरणमा यसरी गरिमामय संसदमा उपस्थित भएर बोल्न पर्लाजस्तो मलाई लागेको थिएन,’ सांसद वाग्लेले भनेका थिए । ६५ वर्षअगाडि नेपाली लोकतान्त्रिक आन्दोलनका धरोहर, हामी सबैका प्रेरणा, मेरा त राजनीतिक आदर्श बिपी कोइरालाले स्थापित गर्नुभएको मानकलाई आज यो अवस्थामा पु¥याउनलाई, यो लज्जास्पद र औचित्यहीन विरोधप्रति मेरो घोर खेद छ ।”
साथै वाग्लेले ७४ लाख सहकारी बचतकर्ताहरूको समस्या समाधान गरिनुपर्ने बताएका थिए । वाग्लेले यसो भनिरहँदा सभामुख देवराज घिमिरेले ’माननीय सदस्य विषयमा केन्द्रित भएर आफ्नो अभिव्यक्ति दिनुस’ भनेका थिए ।
सांसद वाग्लेले सहकारीबारे समाधान उन्मुख हुने हो कि व्यक्ति केन्द्रित भएर खराब नजिर बनाउने भन्ने नै मूल मुद्दा रहेको बताएका थिए । सहकारीमा संसदीय छानबिन समिति बनाउने र त्यसको कार्यादेशबारे कुरा भइरहेको उनको भनाइ थियो ।
“औचित्यहीन र कर्मकाण्डी विरोधको औचित्य छैन,” वाग्लेले भनेका थिए । सभामुख घिमिरेले फेरि वाग्लेलाई विषयमा केन्द्रित हुन भनेका थिए ।