घरको छटबाट खसेर मृत्यु

भक्तपुर, बैशाख १५
भक्तपुरको सूर्यविनायक नगरपालिका–४ हर्षचोकमा गत बिहिवार साझँ चार तल्ले घरको छटबाट खस्दा एक जनाको मृत्यु भएको छ । स्थानीय ३९ वर्षिय सुवर्ण मानन्धर आफ्नै चार तल्ले घरको छटबाट खसेर मृत्यु भएको हो ।
अचानक खसेर गम्भिर घाईते भएका मानन्धरलाई उपचारका लागि मध्यपुर अस्पताल लगिएको थियो । त्यही उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजन कार्कीले बताउनुभयो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।