आ.ब २०८१÷०८२ को नीति, कार्यक्रम तथा योजना तर्जूमा सम्बन्धमा चाँगुका गैसससँग छलफल

भक्तपुर, बैशाख १५
चाँगुनारायण नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को नीति, कार्यक्रम तथा योजना तर्जूमाको पूर्व सन्ध्यामा नगरपालिकालाई कार्य क्षेत्र बनाई कार्यक्रम तथा गतिविधिहरु सञ्चालन गरिरहेका गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरुसंग शुक्रवार अन्र्तक्रियात्मक छलफल गरेको छ ।
चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीको अध्यक्षतामा सम्पन अन्र्तक्रिया तथा छलफल कार्यक्रममा सहभागिहरुले चाँगुनारायण क्षेत्र भित्र सञ्चालन गरेका स्वास्थ्य, खानेपानी तथा सरसफाई, शिक्षा, विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन, स्वस्थ्य बुढ्यौली, सामाजिक विकास लागयतका कार्यक्रम तथा गतिविधिहरुको बारेमा जानकारी गराउनुका साथै आगामी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा नगर प्रमुख खत्रीले समृद्ध र उत्थानशील चाँगुनारायण नगर निर्माणमा नगरपालिकाले गैरसरकारी संस्थाहरुसंग हातेमालो तथा सहकार्य गर्दै आइरहेको बताउनुभयो । उहाँले गैरसरकारी संस्थाहरुले परियोजना सञ्चालनको तयारी गर्दा नगरपालिकाको आवश्यकतालाई ध्यान दिदै नगरपालिकाले अवलम्बन गर्ने नीति अनुरुप लक्ष्य प्राप्तीमा सहयोगी हुने खालका कार्यक्रम तथा गतिविधिहरु तय गर्नुपर्ने कुरामा जोड दिनुभयो । उहाँले समुदायको आवश्यकतालाई मध्यनजर गर्दै परिणाम दिने खालका गतिविधिहरु सञ्चालनको लागि सरोकारवाला संस्थाहरुलाई आग्रह गर्नुभयो । उहाँले विगतका दिनजस्तै आगामी दिनमा पनि सहकार्य हुने कुरामा विश्वास व्यक्त गर्नुभयो ।
प्रमुख प्रशासकिय अधिकृत चुरामणि पन्थीले चाँगुनारायण नगरपालिकाले अघिल्लो वर्ष देखि गैरसरकारी निकायका कार्यक्रमहरुलाई नगरपालिकाको वार्षिक कार्यक्रममा समावेश गरी प्रकाशन गर्ने कार्यको थालनी गरेको बताउनुभयो । उहाँले गैरसरकारी संस्थाहरुलाई यही बैशाख मसान्त भित्र आ.व २०८१÷०८२ मा सञ्चालन गरिने कार्यक्रमको विवरण बजेट सहित योजना शाखामा बुझाउन अनुरोध गर्नुभयो ।


वडा नं ५ का वडा अध्यक्ष जयन्द्र खड्काले चाँगुनारायण नगरपालिकाले नगरबासीको चाहना र आवश्यकतालाई ध्यानमा दिएर कार्यक्रम तथा गतिविधिहरु सञ्चालन गरीरहेकोले त्यस कार्यमा गैरसरकारी निकायको सहयोग र उपस्थिती महत्वपूर्ण रहेको बताउनुभयो ।
अन्र्तक्रिया तथा छलफल कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका परशुराम पाण्डे, एन्फोका प्रशन्न प्रधान, ५०० बि सोलुसनकी योगिता राजचल, आइसेट नेपालका कन्चनमणि दिक्षित, एनसेट नेपालका इश्वरदत्त जोशी, नेप्सेम्याकका बाबुराम चौलागाई, सिविआरका नरेन्द्र भुजु, ग्रामिण अपांगता समन्वय समितिका उत्तम नारायण भँडेल, समानताका लागि आवाजका सुरेश राजभण्डारी, काफकोलकी गरिमा शर्मा र दोभाषे संघका टिकाराम लामिछानेले आफ्ना संस्थाहरुले गरेका गतिविधिहरुको प्रगति विववरण प्रस्तुत गर्नुका साथै आगामी दिनमा नगरपालिका क्षेत्र भित्र सञ्चालन गरिने गतिविधिहरुको बारेमा प्रकाश पार्नुभएको थियो ।
योजना शाखाका प्रमुख अनुप लामिछानेले नगरपालिकाले सञ्चालन गर्ने योजना तथा कार्यक्रमहरुलाई एकरुपता प्रदान गर्नको लागि गैरसरकारी संस्थाहरुले सञ्चालन गर्ने कार्यक्रम तथा गतिविधिहरु बारे नीति तथा कार्यक्रम तयार गर्नु अगावै छलफल गर्नुपर्ने भएकोले अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको बताउनुभयो ।
कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष सिजन कार्की, वडा नं ६ का अध्यक्ष धन बहादुर लामा, ७ नं का वडा अध्यक्ष श्यामकृष्ण नयाँजु श्रेष्ठ, गै.स.स चाँगुनारायण समन्वय समितिका सचिव दिनेश थापालगायत चाँगुनारायण नगरपालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।