प्रथम नेपाली कांग्रेस जिल्ला सभापति कप फुटसल बि टु प्रथम

भक्तपुर, चैत्र २३
प्रथम नेपाली कांग्रेस जिल्ला सभापति कप फुटसल प्रतियोगिता २०८० को उपाधि बि टु क्लेले जितेको छ । चाँगुनारायण नगरपालिका २ दुवाकोटस्थित रिक्रियस्नल खेल मैदानमा शुक्रवार सम्पन्न फाइनलमा बि टुले विवाईसी क्लवलाई ४–० गोल अन्तरले हराउँदैं उपाधि जितेको हो ।
नेपाली कांग्रेस चाँगुनारायण नगरपालिका वडा नं. २ इकाई समिति र दुवाकोट युथको आयोजनामा सम्पन्न प्रतियोगिताको विजेता बि टुले नगद एक लाख रुपैंयाका साथै आकर्षण ट्रफी पुरस्कार पाए । उपविजेता बिवाईसीले ट्रफीका साथै नगद ५० हजार पुरस्कार प्राप्त गरे ।
प्रतियोगितामा विजयी टोली तथा खेलाडीहरुलाई नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले पुरस्कृत गर्नुभएको थियो ।