एसईई परीक्षाको पहिलो दिन भक्तपुरमा १७ परीक्षार्थी अनुपस्थित

भक्तपुर, चैत्र १५
आजदेखी शुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को पहिलो दिन भक्तपुरमा १७ परीक्षार्थी अनुपस्थित भएको छ । भक्तपुरमा ६ जना छात्रा र ११ जना छात्रा परीक्षामा अनुपस्थित भएको हो ।
शिक्षा विकास तथा समन्वय समिति भक्तपुरका अनुसार पहिलो दिनको अंग्रेजी विषयको परीक्षामा शान्ति निकेतन मावि राममन्दिर केन्द्रमा १ छात्रा र ४ छात्र गरी ५ जना परीक्षार्थी अनुपस्थित भएका छन ।
यसैगरी मेधा मावि तेखापुखु केन्द्रमा १ छात्र, प्रभात ईङ्गलिस स्कुल व्यासी केन्द्रमा १ छात्र, ३ छात्रा गरी ४ जना, आदर्श मावि सानोथिमि केन्द्रमा १ छात्र, चाणक्य मावि थिमिमा १ छात्रा, बाल सुधार गृह मावि सानोथिमिमा १ छात्र, अरनिको मावि गाम्चामा १ छात्रा, महेन्द्र मावि बालकोटमा २ छात्रा र १ छात्र परीक्षामा अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय समिति भक्तपुरका कमला ज्ञवालीले बताउनुभयो ।