मैलौलीले जित्यो अन्तर नगर महिला कबड्डी प्रतियोगिताको उपाधी

भक्तपुर, चैत्र ३
अन्तर नगर महिला कबड्डी प्रतियोगिताको उपाधी बैतडीको मेलौली नगरपालिकाले जितेको छ । भक्तपुर नगरपालिकाले आयोजनामा शहिद स्मृती खेल मैदानमा शनिवार सम्पन्न फाइनलमा मेलौलीले बुटवल उपमहानगर पालिकालाई ५२–२० अंकले पराजित गर्दै उपाधि जितेको हो ।
उपाधिसँगै मैलौलीले आकर्षण ट्रफीका साथै नगद १ लाख ५० हजार पुरस्कार प्राप्त गरे । उपविजेता बनेको बुटवलले पनि आकर्षण ट्रफीका साथै नगद १ लाख पुरस्कार पाए । प्रतियोगितामा पोखरा महानगरपालिका र कञ्चनपुरको भिमदत्त नगरपालिका संयुक्तरुपमा तेस्रो हुन सफल भए । दुवै टोलीले नगद ५०÷५० हजार पुरस्कार प्राप्त गरे ।


प्रतियोगितामा मेलौलीका जयन्ती बडु सर्वोत्कृष्ट खेलाडी घोषित भए । साथै मेलौलीकै रविना चौधरी उत्कृष्ट रेडर र रोशनी साउद उत्कृष्ट डिफेन्डर घोषित भए ।
विजेता टोली र खेलाडीहरुलाई प्रतिनिधि सभा सदस्य एवम् नेमपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशीलगायतका पुरस्कृत गरेका थिए ।
गत फागुन २९ गतेदेखी शुरु भएको प्रतियोगितामा देशका विभिन्न १७ नगरपालिकाको सहभागिता रहेको थियो ।