८ औं केबिन रोहन उपत्यका प्रतियोगिता फागुन तेस्रो हप्ता हुने

भक्तपुर, माघ १५
नेपाल क्योकिसिन काईकान अलाइट कराते एसोसिएशन एण्ड किक बक्सीङ संघद्वारा आयोजित ८ औ केबिन रोहन उपत्यका प्रतियोगिता फागुनको तेस्रो हप्ता हुने भएको छ । संघले सोमवार आयोजित पत्रकार सम्मेलनमा आउँदो फागुन १८ देखी २० गते सम्म काठमाण्डौंको दक्षिणकाली–१ खहरेमा इण्डो नेपाल प्रतियोगिता तथा अन्तराष्ट्रिय सेमिनार एवं ८ औ केबिन रोहन उपत्यका प्रतियोगिता आयोजना हुने जानकारी दिएको हो ।
संघका अध्यक्ष विनोद गुरुङले खेलको बारेमा विस्तृत जानकारी गराउँदै सबैको सहयोग र साथले प्रतियोगिता भव्य र सभ्य रुपमा सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
दक्षिणकाली नगरपालिकाका नगर प्रमुख मोहन बस्नेतले प्रतियोगितालाई नगरपालिकाले सहयोग गर्ने प्रचिवद्धता जनाउँदैं खेलको नीति र नियम अनुसार खेल खेल्दा कुनै किसिमको खतरा नहुने र खेलेर भन्दा पनि पेलेर जित्नुपर्छ भन्ने मानसिकता हुन नहुने बताउनुभयो ।
संघका संरक्षक कृष्ण गुरुङले उक्त खेलको लागि २ लाख सहयोग गर्ने बताउनुभयो । त्यसैगरि आसियारा कराते संघका अध्यक्ष अनिल न्यौपानेले खेलाडीलाई ३ सय वटा टिसर्ट उपलब्ध गराउने बताउनुभयो ।
नेपाल प्रेस युनियनका केन्द्रिय सचिव छायाचन्द्र भण्डारीले उक्त प्रतियोगितालाई भव्यताका साथ सम्पन्न गर्न आवश्यक सहयोग गर्ने बताउनुभयो ।