रास्वपा सूर्यविनायक नगरसभापति केसीद्धारा राजीनामा

भक्तपुर, पुस १८
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सूर्यविनायक नगरसभापति मनोज केसीले पदबाट राजीनामा दिनुभएको छ । केसीले पुस १६ गते पार्टीका जिल्ला सभापतिलाई सम्बोधन गर्दै राजीनामा बुझाउनु भएको हो ।
पार्टीको नगर कमिटि गठनदेखि नै सभापतिको रुपमा कामगर्दै आएका केसीले आफ्नो व्यक्तिगत कार्यव्यस्तता तथा व्यवसायिक व्यस्तताका कारण जनाउँदै राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन् । स्वच्छ छवीका व्यक्तिका रुपमा चिनिने केसी राश्वपामा जानुअघि नेकपा एमालेमा सक्रिय थिए ।