भृकुटीमण्डमा आजदेखी रियल इस्टेट एक्स्पो हुने

भक्तपुर, पुस १२
काठमाण्डौँको भृकुटीमण्डपमा यही पुस १२ देखि १५ गतेसम्म आठौं ‘रियल इस्टेट एक्स्पो २०२३’ हुने भएको छ । एक्स्पोको तयारी पुरा भएको बुधवार आयोजित पत्रकार सम्मेलनमा जनाएको छ ।
एक्स्पोमा विद्युतीय सरसामानहरु, फर्निचर, पाईप, सेनिटरी वयर्स फिटिङ, पेन्टस्, सवारी साधन, सजिसजावटका सामान र बीमा, बैंकिङ्ग तथा वास्तुकला जस्ता ब्यवसायमा संलग्न ब्यवसायीहरुले आ–आफ्ना उत्पादनहरु प्रदर्शन गरी सो सम्बन्धी परामर्श सेवा समेत उपलब्ध गराउनेछन् । साथै, इच्छुक सहभागीहरुले मेला अवधिमा नै आफ्नो उत्पादन तथा सेवाहरुको शुभारम्भ गर्न चाहेमा सोको समेत ब्यवस्था गरिने आयोजक नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष विदुर धमालाले बताउनुभयो ।
एक्स्पोमा घरजग्गासँग सम्बन्धीत २५ स्टलसहित कुल ६५ स६ल रहने अध्यक्ष धमलाले जानकारी दिनुभयो । विगतका वर्षहरुमा आयोजित मेलामा प्रदर्शक तथा अवलोकनकर्ताहरुको उल्लेख्य उपस्थितिले हौसला प्रदान गरेको उल्लेख गर्दै धमलाले यसवर्षको एक्स्पोमा ६५ हजार भन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको बताउनुभयो ।
एक्स्पोबाट योजनाबद्ध तरिकाले विकास गरिएको घरजग्गा तथा अपार्टमेण्टहरु खरिद र बिक्रीमा संलग्न सरोकारवाला तथा दर्शकहरुले सुरक्षित एवं ब्यवस्थित बसोबासको विकास र मूल्य प्रतिस्पर्धा मार्फत उचित मूल्यमा घरजग्गा तथा अपार्टमेण्टहरु बिक्री सम्बन्धमा एकै थलोबाट विस्तृत जानकारी प्राप्त गर्न सक्नेछन् भने अर्कोतर्फ दर्शक तथा उपभोक्ताहरुलाई विशेषज्ञहरुद्वारा सो सम्बन्धी कानूनी, प्राविधिक र वित्तीय परामर्श समेत उपलब्ध गराइने हुनाले यो ब्यवसायमा आवद्ध ब्यवसायी तथा उपभोक्ताहरु दुबैको हित प्रवद्र्धन भई देशको आर्थिक विकासमा थप योगदान पुग्न जाने अपेक्षा गरिएको छ ।
नयाँ नेपाल निर्माणको लागि वैज्ञानिक, व्यवस्थित एवं सुरक्षित जग्गा विकास तथा शहरीकरणमा महत्वपूर्ण योगदान पु¥याइरहेका व्यवसायीहरु र यसका उपभोक्ताहरुलाई एकै थलोमा भेला गराई व्यवसायीहरुले आफ्नो नवीनतम् उत्पादन उपभोक्तामाझ पु¥याउने तथा उपभोक्ताहरुले नेपाली रियल स्टेट व्यवसायको यथार्थ तथा वास्तविक स्थिति, सही छनोट र समुचित मूल्यका बारेमा समेत यस मेलाबाट जानकारी लिन सक्नेमा विश्वस्त रहेको बताउँदैं धमलाले घरघडेरी तथा संयुक्त आवास आयोजनामा संलग्न व्यवसायी, लगानीकर्ता, सेवाग्राही उपभोक्ता, निर्माण सामग्री विक्रेता तथा सेवाप्रदायक संस्थाहरुका लागि यो मेला एउटा साझा मञ्च बन्ने विश्वास व्यक्त गर्नुभयो ।