जिब्रो छेडाएका बालकरामलाई एसएस कलेजको विशेष सम्मान

भक्तपुर, मंसिर २४
मध्यपुर थिमि नगरपालिका वडा नं. ४ मा अवस्थित एसएस कलेजले थिमिको ‘येंया पुन्हीया म्ये प्वा खनेगु’ जात्रामा जिब्रो छेडाएर पशुपतिसम्मको पैदल यात्रा गर्नुभएका बालकराम नानी श्रेष्ठलाई विशेष सम्मान गरेको छ । एसएस कलेजले १७ औं वार्षिकोत्सवको अवसरमा शनिवार श्रेष्ठलाई सम्मान गरेको हो ।
सो अवसरमा लामो समयसम्म कलेजमा निरन्तर सेवारत कर्मचारीद्धय मानबहादुर भट्ट र विपना भट्ट, एक दशक भन्दा बढि समयसम्म निरन्तर कलेजमा अध्यापनरत शिक्षकहरु श्रीकृष्ण के.सी., पुरुषोत्तम ग्वाछा, डा.नविन कार्की, दुर्गाप्रसाद भट्टराई, डिल्लीराम ढकाल, एभ्रिका सिन्तकला, निरु ढकाल, रमा कार्की, रमेश खनाल लगायतका १९ जना शिक्षक शिक्षिकाहरुलाई पनि सम्मान गरिएको थियो ।
साथै वार्षिक शैक्षिक क्रियाकलाप अन्तर्गत हाजिरीजवाफ, निबन्ध, वक्तृत्वकला, कविता, चित्रकला, तीज नृत्य लगायतका प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पनि पुरस्कार सहित सम्मान गरिएको थियो ।


सो अवसरमा बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठले न्युन शुल्कमा गुणस्तरीय एवं प्रयोगात्मक शिक्षा प्रदान गर्दै आएको एसएस कलेजले शिक्षाको गुणात्मक विकास र बिस्तारमा योगदान पु¥याउँदैं आएको बताउनुभयो । उहाँले कृषि र पशुपंक्षीको क्षेत्रमा बागमती प्रदेशमा भइरहेका कार्यबारे जानकारी दिदैं शिक्षाबाटै विकास र समृद्धि सम्भव हुने तर्क गर्नुभयो ।
कलेजका प्रिन्सिपल राजन काफ्लेले एसएस कलेजको शैक्षिक गतिविधिबारे संक्षिप्त जानकारी दिदैं किताबी ज्ञानका साथै अतिरिक्त क्रियाकलाप अन्तर्गत गीत, नृत्य, बाद्यवादन, खेलकुद मार्फत व्यक्तित्व र नेतृत्व विकासमा प्राथमिकता दिएको बताउनुभयो । उहाँले समयसापेक्ष प्रतिस्पर्धी एवं अनुशासित विद्यार्थी उत्पादनमा एसएस परिवार निरन्तर प्रयासरत रहेको बताउनुभयो ।
कलेज व्यवस्थापन समितिका अध्यक्ष केदार खड्काले अन्तराष्ट्रियस्तरमा प्रतिष्पर्धा गर्न सक्ने स्मार्ट स्टुडेण्ट उत्पादन गर्ने कलेजको उद्देश्य भएको र सोही अनुसारको शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न भेषभूषामा सजिएर आकर्षक नृत्यका साथै सन्देशमूलक नाटक प्रस्तुत गरेको थियो ।