लोहकिल्थलीमा एक पुरुष मृत अवस्थामा फेला

भक्तपुर, मंसिर ११
भक्तपुरको मध्यपुर थिमि–१, लोहकिल्थलीस्थित बन्द रहेको राइस मिलभित्र एक पुरुष मृत अवस्थामा फेला परेको छ । स्थानीय हरिकृष्ण द्धारेको घरटहरामा सञ्चालन भएर विगत ६ महिनादेखी बन्द रहेको राइस मिलको धानको भुस फाल्न बनाएको टहरामा संखुवासभाको साविक सिसुवाखोला गाविस–४ भई हाल लोहकिल्थलीमा ज्याला मजदुरी गर्दै आइरहेका ५९ वर्षिय प्रजा बहादुर राई मृत फेला परेको हो ।
प्रहरीले शवको साथमा रहेको नागरिकताको आधारमा मृतकको परिचय खुलाएको हो । प्रारम्भिक अनुसन्धानमा राईको करिव १०÷१२ दिन अघि नै मृत्यु भएको हुन सक्ने देखिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी बसन्त पाठकले बताउनुभयो ।
शव सडी गली किरा परेको र उत्तानो अवस्थामा रहेको जानकारी दिँदैं उहाँले प्रहरीले घटनास्थलको मुचुल्का उठाई थप अनुसन्धान गरिरहेको बताउनुभयो ।