वैकुण्ठहरि श्रेष्ठ स्मृति प्रतिठानद्धारा साहित्यकार संग्रौला सम्मानित

भक्तपुर, मंसिर ११
स्व. बैकुण्ठहरि श्रेष्ठ स्मृति प्रतिठानले प्रगतिशील साहित्यकार, समालोचक एवम् वरिष्ठ लेखक खगेन्द्र संग्रौलालाई सम्मान गरेको छ । प्रतिष्ठानले स्व. वैकुण्ठहरि श्रेष्ठको ९० औं जन्मजयन्तीको अवसरमा आइतवार नगद ५१ हजारसहित संग्रौलालाई सम्मान गरेको हो ।
सो अवसरमा साहित्यकार एवं प्रगतिशील कवि योगेन्द्र प्रधानले लामो समयसम्म नेपाली जनतालाई प्रगतिवादीको चेतना आगृत गर्ने, समाजको कुरितिलाई बदल्न र हक अधिकारका लागि आवाज बुलन्द गर्ने प्रेरणा दिने स्व. बैकुण्ठहरि श्रेष्ठ जनताका नेता समेत भएको चर्चा गर्नुभयो ।
प्रतिष्ठानका अध्यक्ष श्यामकृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा कवि मातृका पोखरेल, मध्यपुर थिमि नगरपालिकाका पूर्व नगरप्रमुख मदनसुन्दर श्रेष्ठ र ४ नं. वडाध्यक्ष बालकृष्ण पात्या श्रेष्ठ, प्रतिष्ठानका सचिव कृष्णमोहन जोशीलगायतले स्व. बैकुण्ठहरि श्रेष्ठले मध्यपुर थिमिमा शिक्षाको विकासका लागि पुर्याएको योगदानको बारेमा चर्चा गर्नुभएको थियो ।
यसअघि मध्यपुर थिमि निगूपुखू (दुईपोखरी)मा रहेको स्व. वैकुण्ठहरि श्रेष्ठको प्रतिमामा माल्यार्पण गरिएको थियो ।