लोहकिल्थली चोकमा ट्यांकरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

भक्तपुर, मंसिर १
भक्तपुरको मध्यपुर थिमि–१ लोहकिल्थली चोकका बिहिवार साँझ ट्यांकरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
जडिबुटिबाट भक्तपुरतर्फ आउदै गरेको ना.७ ख. ४७७४ नम्बरको तेल बोक्ने ट्यांकरले सोही दिसाबाट आँउदै गरेको बा.७३ प. २१६० नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकल चालक सिन्धुपाल्चोक चौतारा साँगागढीचोक नगरपालिका–४ ठुलो सिरुवारी घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने ४१ वर्षिय हरिशरण पुरीको मृत्यु भएको हो ।
साँझ करिव ६ बजे भएको दुर्घटनामा गम्भिर घाईते भएका पुरीलाई उपचारका लागि मध्यपुर अस्पताल लगिएकोमा उपचारको क्रममा ७ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक बसन्त पाठकले जानकारी दिनुभयो ।
प्रहरीले ट्यांकर र ट्यांकर चालक सिन्धुपाल्चोक बलेफी गाँउपालिका–२ बस्ने ४५ वर्षिय तुल बहादुर माझीलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त थिमिमा राखी थप अनुसन्धान गरिरहेको पाठकले बताउनुभयो ।