नेपाल संवतको अवसरमा ताथलीमा सांस्कृतिक भिन्तुना ¥याली

भक्तपुर, कार्तिक २७
नेपाल संवत ११४४ को अवसरमा भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीमा सोमवार सांस्कृतिक भिन्तुना ¥याली निकालिएको छ । ताथलीमा विभिन्न सामाजिक गतिविधि गर्दै आइरहेको प्रगति युवा समाजले सो ¥याली आयोजना गरिएको हो ।
सम्पूर्ण नेपालीहरुको साझा संवत् नेपाल संवत्को सम्वद्र्धन र प्रवद्र्धनका लागि विगत ७ वर्षदेखि भिन्तुना ¥याली निकाल्दै आएको समाजले यसवर्ष पनि निरन्तरता दिएको जनाएको छ ।
सो अवसरमा बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँले सांस्कृतिक पर्वलाई थप सांस्कृतिक बनाउनुपर्नेमा जोड दिँदैं राष्ट्रिय संवत्को रुपमा रहेको नेपाल संवत्लाई व्यवहारमा उतार्नेकाममा सरकारले विशेष पहल गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले भाषा, कला संस्कृति नै मानिसको पहिचान भएकाले सो पहिचान जगेर्ना गर्न अग्रसर हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा चाँगुनारायण नगरपालिका–९ का वडाध्यक्ष गणेश त्यातले अहिले पनि नेपालीहरुको थाप्लोमा हजारौं ऋण भएको उल्लेख गर्दै राजनीतिमा शंखधर साख्वाजस्ता मनकारी व्यक्तिको अभाव हुँदा जनताले दुःख पाएको बताउनुभयो ।


समाजका उपाध्यक्ष हरिसुन्दर छुकांले नेपाल संवत्लाई राष्ट्रिय संवत्को रुपमा सरकारले मान्यता दिए पनि अझ पनि व्यवहारमा प्रयोगमा नआउँदा नेपाल संवत्बारे रहेको भ्रम हटाउन पनि हरेक वर्ष भिन्तुना ¥याली गर्दै आएको बताउनुभयो ।
समाजका अध्यक्ष रवीन बासुकला, कार्यक्रम संयोजक उत्तम साखकर्मीलगायतले युवाहरुबीचको आपसी एकतालाई कायम राख्न र युवाहरुलाई सिर्जनशील बनाउन निम्ति प्रगति युवा समाजले विभिन्न सामाजिक र सांस्कृतिक गतिविधिहरु गर्दै आइरहेको जानकारी दिनुभयो ।
¥यालीमा ताथलीको खगाङ बाँसुरी बाजा समूह, बनमाला टोलस्थित ताथली धिमे खलः, गचाको देवी बाँसुरी बाजा समूह, थनेको माझी भैरब बाँसुरी बाजा खलः, फैढोकाको तैकाबु गणेश बाँसुरी खलः, फैढोका धिमे खल, गचास्थित आजु धिमे खललगायतका सांस्कृतिक टोली, विभिन्न संघसंस्था, विद्यालय, सहकारी, युवा समाजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


ताथलीको फैढोकाबाट शुरु भएको ¥यालीले ताथलीको ब्रम्हायणी, इथाचा, इथुली, चुनदेवी, डाँडापाटी, एकाडोल, तब्याखुसी, सौडोल(गचा), थने, सिसौघारी, गोठालेचौर, बनमाला टोल, साखकर्मी टोल, तधचालगायतका स्थानको परिक्रमा गरेको थियो । ¥यालीको समापन सौडोलस्थित देवी माध्यमिक विद्यालयमा भएको थियो ।