राष्ट्रपति पौडेलले गरे गाई पुजा

भक्तपुर, कार्तिक २७
राष्ट्रपति रामचन्द्र पौडेलले तिहारको तेस्रो दिन आज सोमवार गाई पूजा गर्नुभएको छ । राष्ट्रपति पौडेलले शीतल निवासमा विधिपूर्वक गाईको पुजा गरी गाईलाई आहार खुवाउनुभएको पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले बताउनुभयो ।
कार्तिक कृष्ण औँसी अर्थात् गाईतिहारका दिन देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पुजा गर्ने गरिन्छ । साथै श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षासूत्र (डोरो) गाईतिहारकै दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ । यसो गर्दा मृत्युपछि ‘वैतरणी’ तर्न सहज हुने लोकविश्वास छ ।