छतमा रहेको भ¥याङबाट लडेर एक महिलाको मृत्यु

भक्तपुर, कार्तिक १५
भक्तपुरको भत्केपाटीमा घरको छतमा रहेको भ¥याङबाट लडेर एक महिलाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१० भत्केपाटीमा आफ्नै साढे २ तल्ले पक्की घरको छतमा रहेको भ¥याङबाट लडेर मंगलवार ६६ वर्षिया रत्नमाया दुवालको मृत्यु भएको हो ।
भ¥याङबाट ओर्लने क्रममा अचानक लडेर घाईते भएका दुवालको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी बसन्त पाठकले बताउनुभयो ।
घाईते दुवाललाई उनका छोराले तत्काल च्याम्हसिंहस्थित ख्वप अस्पताल लगिएकोमा थप उपचारका लागि मध्यपुर अस्पताल थिमि रिफर गरिएको थियो । उनको मध्यपुर अस्पतालमा मृत्यु भएको पाठकले बताउनुभयो । घटनाको थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।