मध्यपुर थिमि नगरपालिकाले निर्माण कार्यको त्रुटि सच्याउन अटेर गर्ने निर्माण व्यवसायीलाई कारवाही गर्ने

भक्तपुर, कार्तिक ३
मध्यपुर थिमि नगरपालिकाले सडक निर्माण गर्दा भएको त्रुटी सच्याउन पटक पटक ताकेता गर्दा पनि अटेर गर्ने निर्माण व्यवसायीलाई सार्वजनिक सूचना जारी गरी कानुन बमोजिम प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ ।
नगरपालिकाले कार्तिक ३ गते सार्वजनिक सूचना जारी गरी धु्रव कन्सट्रक्सन मध्यपुर थिमि–७ र आस्रीया कन्सट्रक्सन सूर्यविनायक नगरपालिका १ लाई कारवाही गर्ने चेतावनीसहित सडक निर्माणमा भएका त्रुटी सच्याउन भनिएको हो ।
ध्रुव कन्सट्रक्सनले मध्यपुर थिमि नगरपालिका वडा नं. १ स्थित मौरी मार्ग, ओखलदेवी मार्ग र खरीबोट मार्गको स्त्तोरन्नती गरेको थियो । आस्रीया कन्सट्रक्सनले डि–मार्ग, नन्दी मार्ग, तिनधारा नगदेश, भट्टराई टोल बाराक्क, नर्थ अफ कुन्डोल भगवती मन्दिर, तेर्साटार सडक र इस्ट साइड रोड अफ हवाई विभाग सडक स्त्तोरन्नती गरेको थियो ।
दुवै निर्माण कम्पनीले निर्माण गरेका सडक एक वर्षभित्र भत्किन र कालोपत्रे उप्किएर खाल्डाखुल्डी पर्न थालेपछि नगरपालिकाले पटक पटक मौखिक र लिखित रुपमा सडक निर्माणमा र्भको त्रुटि सच्याउन आग्रह गरे पनि अटेर गरेकोले सार्वजनिक सूचना प्रकाशन गरेको नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।
सूचनामा सम्झौताको कागजातमा उल्लेखित बुँदा तथा सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२५ मा भएको व्यवस्था बमोजिम प्राविधिक स्पेशिफिकेशन तथा नम्र्श अनुसार स्वीकृत मापदण्डहरु भित्र रहि त्रुटि सच्याउन जानकारी गराईएकोमा हाल पनि त्रुटि सच्याउने तर्फ पहल भएको देखिन नआएको हुँदा तोकिएको समयवधी भित्र सम्झौता तथा प्रचलित कानून, मापदण्ड, प्राविधिक स्पेशिफिकेशन र नम्र्श बमोजिम त्रुटि सच्याउन जानकारी गराएको छ । अन्यथा सम्झौता र प्रचलित कानूनहरु अनुसार प्रकृया अगाडि बढाईने चेतावनी दिईएको छ ।