फर्पिङमा पहिलो पटक ट्राफिक सचेतना र्याली

भक्तपुर, असोज १४
ट्राफिक सप्ताहको अवसरमा काठमाण्डौंको फर्पिङमा आइतवार ट्राफिक सचेतना ¥याली आयोजना गरिएको छ । ट्राफिक प्रहरी प्रभाग फर्किङले आयोजना गरेको उक्त ¥याली फर्किङ बसपार्कबाट शुरु भएर फर्पिङ बजार परिक्रमा गरेर ट्राफिक नियमसम्बन्धी विभिन्न जानकारीमूलक सन्देश प्रवाह गरिएको थियो ।
सो अवसरमा दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले सवारी चालकहरुले सडकमा पैदलयात्रीलाई पहिलो प्राथमिकता दिने र ट्राफिक नियमको पुर्णरुपमा पालना गरी सवारी चलाउँदा दुर्घटना कम हुने विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरी उपप्रमुख बसन्ती तामाङ डंगोलले सडक दुर्घटना कम गर्न सबै जागरुक हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा ट्राफिक प्रहरी प्रभाग फर्पिङका प्रमुख ट्राफिक वरिष्ठ प्रहरी नायव निरिक्षक बिकुनारायण कासिछ्वाले फर्पिङमा पहिलो पटक ट्राफिक सप्ताह मनाईएको बताउनुभयो । उहाँले साताव्यापी कार्यक्रम अन्तर्गत मुख्य चोकमा ट्राफिक नियम सम्बन्धी सचेतना जगाउन स्वयम् सेवक परिचालन गरी पर्चा पम्पलेट वितरण, मौखिकरुपमा ट्राफिक नियमबारे जानकारी दिईने बताउनुभयो ।
¥यालीमा दक्षिणकाली नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाअध्यक्षहरु, दक्षिणकाली क्षेत्र विकास समितिका कार्यकारी प्रमुख पेशल पोखरेल, सामुदायिक प्रहरी सेवा केन्द्र फर्पिङ, स्थानीय समाजसेवीहरू, ब्यवसायीहरू, विभिन्न कलेज र विद्यालयका प्रधानाध्यापकहरू, शिक्षकहरु, विद्यार्थीहरु, सवारी चालक, सहचालक लगायत करिव ३ सय जनाको सहभागिता रहेको थियो ।