शिक्षा दिवसमा उत्कृष्ट विद्यार्थी सम्मानीत

भक्तपुर, असोज २
मध्यपुर थिमि नगरपालिकाले ४४ औं शिक्षा दिवसको अवसरमा मंगलवार उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरेको छ । नगरपालिकाले एसईई परीक्षा २०७९, आधारभुत तह कक्षा ८ को नगरस्तरिय परीक्षा २०७९ मा उत्कृष्ट हुने विद्यार्थीहरुलाई नगदसहित सम्मान गरेको हो ।
सो अवसरमा विद्यार्थीहरुलाई सम्मान गर्दै नगरप्रमुख सुरेन्द्र श्रेष्ठले चालु आर्थिक वर्ष विद्यालय शिक्षाको सुधारका विभिन्न कार्यक्रमहरुमा कुल १० करोड बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । उहाँले सामूदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बृद्धिका लागि सरकारले ल्याएको दिवा खाजा कार्यक्रम अन्तर्गत सरकारले दिने १५ रुपैंयाँमा नगरपालिकाले थप १५ रुपैंया दिने निर्णय भएको बताउनुभयो ।


नगरपालिकाले विद्यार्थीहरुको शारीरिक एवम् बौद्धिक विकास र उनीहरुमा निहित प्रतिभा प्रस्फुटनका लागि खेलकुदका साथै विभिन्न क्रियाकलाप गर्दै आइरहेको बताउँदैं नगरप्रमुख श्रेष्ठले विद्यार्थीहरुको उज्जव भविष्यका लागि नगरपालिका हरेक सहयोग गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले उच्च शिक्षा र विश्वमा शिक्षामा देखिएका नयाँ नयाँ विषय, सीप र ज्ञान हासिल गर्नका लागि विदेशमा गएपनि त्यसलाई स्वदेशमा उपयोग गर्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । उहाँले हरेक वर्ष अध्ययनको लागि विदेशिनेको संख्या बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै नगरभित्र नै रोजगारीको उचित प्रवन्धको लागि नगरपालिकाले विभिन्न योजनामार्फत काम गरिरहेको बताउनुभयो ।


कार्यक्रममा एसईई परीक्षा २०७९ मा ४ जिपिए अंक ल्याउने मध्यपुर थिमि नगरपालिका भित्रका विद्यालयका विद्यार्थीहरु विपन श्रेष्ठ ग्लोबल पाठशाला कौशलटार, कुमुद तिमल्सिना र समृद्धि प्रसाईं एसओएस हर्मन माइनर स्कुल, विपासा अमात्य दिव्य दिप ज्योती स्कुल लोहकिल्थली, क्रितिका श्रेष्ठ विनायक शिक्षा निकेतन, प्रजुना शंखदेव होली गार्डेन स्कुल र दिया खड्का ग्लाडस्टोन एकेडेमीलाई नगदसहित सम्मान गरिएको थियो ।
यस्तै एसईई परीक्षा २०७९ मा नगरभित्रका सामूदायिक विद्यालयबाट उत्कृष्ट अंक ल्याई प्रथम हुने आदर्श मावि सानोथिमिका निशान श्रेष्ठ, द्धितिय हुने अंकिता गिरी र विनु श्रेष्ठ तथा तृतिय हुने विद्यार्थीहरु कुनाल साह, विश्व पोखरेल र सर्जिना लामालाई पनि सम्मान गरिएको थियो ।


सम्मानीत हुने अन्य विद्यार्थीहरुमा एसईईको प्राविधिक धारतर्फ उत्कृष्ट अंक ल्याउनेहरु निकिता मगर, रेनुका पौडेल, करिना सिवाकोटी, अञ्जली रानामगर, निस्था श्रेष्ठ र अनिल भण्डारी छन ।
यस्तै १८ वर्ष भन्दा माथिका उमेर समूह अन्तर्गत एसईईमा उत्कृष्ट अंक ल्याई प्रथम हुने आस्था महिला विद्यालय गठ्ठाघरकी मञ्जुकुमारी सिंह, कक्षा १ देखी ५ सम्म सञ्चालित आधरभुत विद्यालय मध्ये सबैभन्दा धेरै विद्यार्थी संख्या भएको बोडेको श्री ज्ञान विकास आधारभुत विद्यालयलाई पनि शिक्षा दिवसको अवसरमा सम्मान गरिएको थियो ।


यसैगरी आधारभुत तह कक्षा ८ को नगरस्तरिय परीक्षा २०७९ अन्तर्गत संस्थागत विद्यालयतर्फ उत्कृष्ट भई सम्मानीत हुने विद्यार्थीहरु श्रीषा शंखदेव प्रजापति, कलश बाडे, अनुग्या रेग्मी, नोभा चौधरी, राज्भी राउट, प्रणव भेटवाल, जशिका श्रेष्ठ, आसुष्मा पौडेल र एन्जेल राई, सामूदायिक विद्यालयतर्फ उत्कृष्ट हुने ईन्द्र मगर, लुनिभा श्रेष्ठ, अञ्जली मिश्र, द्रोपती महरा, अनुश गिरी, गौमत कुमार यादव र तुलसी श्रेष्ठ छन ।