एन प्याब्सन भक्तपुरको अध्यक्षमा पुनः खड्का

भक्तपुर, भदौ ३१
नीजि तथा संस्थागत विद्यालयको संगठन एन प्याव्सन भक्तपुरको अध्यक्षमा पुनः सञ्जय खड्का निर्विरोध निर्वाचित हुनुभएको छ । एन प्याव्सन भक्तपुरको शनिवार सम्पन्न छैटौं अधिवेशनलाई खड्कालाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो ।
अधिवेशनले १३ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा शिवकृष्ण कवां र रामप्रसाद खाताखो, सचिवमा कुमार थापा मगर, सहसचिवमा दिनेश शाक्य, कोषाध्यक्षमा बिक्रम थापा र सह–कोषाध्यक्षमा रत्न बहादुर.राई निर्वाचित गरेको अध्यक्ष खड्काले बताउनुभयो ।
यसैगरी कार्यसमितिको सदस्य रहरूमा सुमन शिल्पकार, रमेश प्रसाद सिटौला, प्रतिमा माक, शर्मिला खड्का, कमल सुवाल र अशोक श्रेष्ठ निर्वाचित भएका छन ।