बालिका जबरजस्ती करणी गर्न खाजेको अभियोगमा एक पक्राउ

भक्तपुर, भदौ २१
भक्तपुरको चाँगुनारायण नगरपालिका ४ लामाटोलमा ५ वर्षिया बालिकालाई जबरजस्ती करणी गर्न खोजेको अभियोगमा प्रहरीले एक युवकलाई बुधवार राती पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको सुनाचुरी गाउँपालिकाका १९ वर्षिय बुद्धिलाल तितुङ हुन ।
तितुङले बालिकाकै कोठामा जबरजस्ती करणी गर्न खाजेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी प्रजित केसीले बताउनुभयो । तितुङलाई प्रहरी चौकी चाँगुनारायणका प्रहरी वरिष्ठ नायव निरिक्षक निर्मल खत्रीको टोलीले पक्राउ गरिएको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको एसपी केसीले बताउनुभयो ।