मध्यपुर थिमिमा श्री कृष्णका साथै ७३ देवीदेवताको पुजा परिक्रमा हुने

भक्तपुर, भदौ २०
मध्यपुर थिमिमा बिहिवार श्री कृष्ण पुजा परिक्रमा हुने भएको छ । कृष्णाजन्माष्टमीको अवसरमा श्री कृष्ण भजन मण्डल दथुटोलको आयोजनामा श्री कृष्ण पुजा परिक्रमा हुन लागेको हो ।
परिक्रमका क्रममा श्री कृष्णका साथै विभिन्न देवी देवताका ७३ वटा मन्दिरको पुजा र परिक्रमा गरिने आयोजक समितिका अध्यक्ष रामकृष्ण कायष्ठले बताउनुभयो ।
मध्यपुर थिमि ४, दथुटोलस्थित कृष्ण मन्दिरबाट शुरु हुने पुजा परिक्रमा दथुटोल गणेश, जुगुलु कृष्ण मन्दिर मरुटोल, लाछिटोल कृष्ण मन्दिर, प्रथम गणेश पर्सिको, ब्रम्हायणी शक्तिपिठ, भादे इनाय वामुने, माधव नारायण कृष्ण मन्दिर वामुने, कृष्ण मन्दिर वाप्पा भासिमा, थापा कृष्ण मन्दिर बालकुमारी, दक्षिण बाराही (बालकुमारी मन्दिर कुना) दामोदार नारायण मन्दिर (बालकुमारी उकालो), तछुटोल कृष्ण मन्दिर, तछुटोल गणेश मन्दिर, राधाकृष्ण मन्दिर विष्णुवीर, विष्णुवीर शक्तिपिठ, कृष्ण मन्दिर (बालकुमारी मन्दिर पछाडी), बालकुमारी मन्दिर, दामोदर नारायण मन्दिर (भैरव मन्दिर अगाडि), थासमा गणेश मन्दिर, लायकु तलेजु, श्वेत भैर लायकु, कृष्ण मन्दिर पाँगु, ईन्द्रायणी मन्दिर, कृष्ण मन्दिर इनाएटोल, इनाएटोल गणेश मन्दिर, दुई पोखरी कृष्ण मन्दिर (नवरत्न स्कुल अगाडि), जगनाथ कृष्ण मन्दिर दिगुटोल, प्रचण्ड भैरवको पुजा परिक्रमा गर्नेछ ।
यसैगरी ताहाननी कृष्ण मन्दिर (किलनं), श्रीकृष्ण मन्दिर भुलाँखेल पाटीमा, श्री कृष्ण मन्दिर भुलाँखेल चोक, ब्रम्हननी कृष्ण मन्दिर (कृष्ण बाज्याको घर), श्री कृष्ण मन्दिर हात्तिमहाँकाल), सिद्धिकाली शक्तिपिठ, महेश्वरी मन्दिर जेँला चपाचो, विश्वविनायक मन्दिर चपाचो, कृष्ण मन्दिर चपाचो, कृष्ण मन्दिर गार्चा, राधाकृष्ण मन्दिर गार्चा, बहाखा कृष्ण मन्दिर (बाग), कृष्ण मन्दिर उपकार साकोस सँगै, कृष्ण मन्दिर नगदेश बहाननी, सिद्धिगणेश शक्तिपिठ, नगदेश कृष्ण मन्दिर (शिलेश्वर जाने बाटो), कृष्ण मन्दिर गयदोफो, कृष्ण मन्दिर बोडे नछुटोल थापा, लाछि कृष्ण मन्दिर बोडे, कृष्ण मन्दिर (दथुटोलको) लाछि बाडे, कृष्ण मन्दिर विष्णुघाट, महालक्ष्मी शक्तिपिठ, कृष्ण मन्दिर खाँसी बोडेको पुजा परिक्रमा गरिनेछ ।


यस्तै कृष्ण मन्दिर बोडे खानेपानी ट्यांकीसँगै, टिगनी कृष्ण मन्दिर, बहाखा भिमसेन कृष्ण मन्दिर, कृष्ण मन्दिर बहाखा चोक, कृष्ण मन्दिर बहाखा चौकी नजिक, पाचो कृष्ण मन्दिर रामशरण स्मृति भवन, कृष्ण मन्दिर दुवाफल्चा, कृष्ण मन्दिर बाग तुँथी, वाननी कृष्ण मन्दिर, कृष्ण मन्दिर भुँलाखेल गल्ली, कृष्ण मन्दिर पोवु डवली, कृष्ण मन्दिर पोवु भासिमा टोल, कृष्ण मन्दिर चोडे नीलवर्ण, महालक्ष्मी शक्तिपिठ, जुजु बाज्या कृष्ण मन्दिर चोडे, कृष्ण मन्दिर याता, कृष्ण मन्दिर दुईपोखरी (शिवाटोल जाने बाटो), शिवाटोल गणेश मन्दिर, कृष्ण मन्दिर शिवाटोल, कृष्ण मन्दिर श्याम बाज्या (शिवाटोल) हुँदैं अन्त्यमा दथुटोल कृष्ण मन्दिरमा समापन हुने कायष्ठले बताउनुभयो ।
पुजा र परिक्रमाको रुटले मध्यपुर थिमिको वडा नं. ४ देखी ९ सम्मको कृष्ण मन्दिरहरुलाई समेट्दै तयार पारिएको उहाँले जानकारी दिनुभयो ।

कृष्ण पुजा परिक्रमा मध्यपुर थिमिको लागि ऐतिहासिक पुजा हुने नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो । पुजामा हजारौं स्थानीयका साथै नगरपालिकाका जनप्रतिनिधिहरुको समेत सहभागिता रहने नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार मध्यपुर थिमिका कृष्ण मन्दिरमा जन्माष्टमीको दिन भजनकिर्तन हुनुका साथै राती जाग्राम बस्ने र भोलीपल्ट श्री कृष्णको यात्रा गर्ने प्रचलन रहेको छ ।