रेडक्रस दिवसमा थिमि उपशाखामा प्रशिक्षण

भक्तपुर, भदौ २०
नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखाले रेडक्रसकर्मीहरुलाई प्रशिक्षण गरेको छ । नेपाल रेडक्रस सोसाईटीको ६१ औं स्थापना दिवसको अवसरमा मंगलवार मध्यपुर थिमि उपशाखाले रेडक्रसकर्मीहरुलाई प्रशिक्षण गरेको हो ।
कार्यक्रममा उपशाखाका सभापति बाबुकाजी श्रेष्ठले रेडक्रसको स्थापना, रेडक्रसको महत्व, रेडक्रस सिद्धान्त र उपशाखाले गर्दै आइरहेको कार्यक्रमको बारेमा प्रकाश पार्दै सहभागीहरुलाई प्रशिक्षित गर्नुभएको हो ।
उपशाखाका संस्थापक सभापति दुर्गामोहन श्रेष्ठले ‘म सेवा गर्छु’ वा ‘मनैदेखि सेवा गर्छु’ भन्ने भावनाले रेडक्रसमा लागेको बताउदै भक्तपुर जिल्लाकै पहिलो उपशाखाको रुपमा स्थापित गर्न सकेकोमा गर्व लागेको बताउनुभयो । मध्यपुर थिमि उपशाखा उत्कृष्ट उपशाखा पुरस्कारद्वारा सम्मानित भएको समरण गर्दै समुदायमा शवबाहन सेवा संचालनलाई निरन्तरता दिइरहेकोमा प्रशंसा गर्नुभयो ।
कार्यक्रममा पूर्व सभापतिहरु, विद्यालयका युवा सर्कलका प्रतिनिधिहरु, आजीवन सदस्यहरु, उपसमितिका संयोजक एवं सदस्यहरु र कार्यसमितिका पदाधिकारी एवं सदस्यहरु सहभागिता रहेको थियो ।