‘दियौ माया’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

भक्तपुर, भदौ ३
‘दियौ माया’ बोलको गीतको म्युजिक भिडियो शनिवार सार्वजनिक भएको छ । भक्तपुरमा आयोजित विशेष कार्यक्रममा वरिष्ठ गितकार, संगीतकार एवम् गायक दीपक जंगमले सो म्युजिक भिडियो लोकपर्ण गर्दै सार्वजनिक गर्नुभएको हो ।
गितमा गायक लक्ष्मण पलिखेलको स्वर रहेको छ भने दयाराम गिरी र अमन अजरको शब्द तथा राजेश हाडाको संगीत रहेको छ । हाडा ब्रदर्श युट्युव च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा गायक पलिखेल र रञ्जना सितिखुको अभिनय रहेको छ । गीतलाई रवि हाडाले निर्देशन गर्नुभएको छ भने निर्माता निभा प्रजापति रहनुभएको छ ।
म्युजिक भिडियोको लोकपर्ण गर्दै वरिष्ठ कलाकार जंगमले नेपालमा अझै गीत रेकर्ड गर्न सहज नभएको बताउँदैं हरेक कुराको नक्कल गर्ने बानीले मौलिकता हराउँदैं गएको गुनासो गर्नुभयो । उहाँले आफ्नो मौलिक पनको गीत संगीत सिर्जना गर्दा राम्रो हुने बताउँदै सञ्चारमाध्यममा पनि यसबारेमा अभियान सञ्चालन गर्नुपर्ने खाँचो औंल्याउनुभयो ।
“आजभोलि जताततै आफू अगाडि देखाउन सामाजिक सञ्जालहरुको बढी नकारात्मक प्रयोग गर्ने गरेको छ,” उहाँले भन्नुभयो, “यहाँ पैसाले लाइक्स, भ्युज बढाएर कस्ता कस्ता क्षमता नै नभएकाहरु ट्रेन्डीङ आइरहेका छन् । यसले गर्दा असली प्रतिभावान कलाकारहरू ओझेलमा परे ।”


गायक पलिखेलले गीत निकै आशा लाग्दो बनेको र निकै लामो समयदेखि कपीको पानामा रहेको गीत बजारमा ल्याउँन पाउँदा ज्यादै खुशी लागेको बताउनुभयो ।
संगीतकार राजेश हाडाले गीतको म्युजिक भिडियो सार्वजनिक हुँदा अवका दिनमा झनै उत्साहका साथ काम गर्ने उत्प्रेरणा पलाएको बताउनुभयो ।
सो अवसरमा नेपाली गीत संगीतका क्षेत्रमा रहेर काम गरिररहेका नयाँ पुराना स्रष्टाहरुलाई सम्मान गरिएको थियो भने वरिष्ठ गायक रवि हाडा र नव गायकहरुले पनि आफ्ना गीतहरु प्रस्तुत गरेका थिए ।