मनोहरा प्लानिङस्थित विजय पार्टी प्यालेसमा आगलागी

भक्तपुर, साउन ३१
भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थली मनोहरा प्लानिङको विजय पार्टी प्यालेसमा मंगलवार राती आगलागी भएको छ । स्थानीय ज्ञानु केसीले सञ्चालन गरेको सो पार्टी प्यालेसमा लागेको आगोले काठको दराज, मेसिनलगायतका सामग्री जलेर नष्ट भएको छ ।
राती करिव साढे एक बजे लागेको आगो जुद्ध वारुण यन्त्र कार्यालय भक्तपुरको दमकल, स्थानीय बासिन्दा र प्रहरीको संयुक्त प्रयासले करिव २ बजे नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आगलागी विद्युत चुवाहट भई लागेको जनाएको छ ।