क्रिकेट संघ भक्तपुर अध्यक्षमा पाण्डे विजयी

भक्तपुर, साउन ३०
भक्तपुर जिल्ला क्रिकेट संघको अध्यक्षमा नेपालका पूर्वअलराउन्डर मनिष राज पाण्डे निर्वाचित भएका छन् । संघको सोमवार सम्पन्न निर्वाचनमा पाण्डे अध्यक्षका अर्का प्रत्यासी रुपक रञ्जितलाई २ मतले हराउँदै निर्वाचित भएका हुन् । पाण्डेले १४ मत प्राप्त गर्दा रुपकले १२ मत प्राप्त गरे ।
पाण्डे नेपालका पूर्व खेलाडीसँगै क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान)का समेत अध्यक्ष समेत हुन् । सिप्यान खेलाडीहरुको हकहीत र कल्यायकारी कार्य गर्दै आएको छ ।
त्यस्तै उपाध्यक्षमा राष्ट्रिय अम्पायर धर्म सुन्दर शाक्य विजयी भएका छन् । शाक्यले १४ र कुन्दनले १२ मत प्राप्त गरे । सचिवमा सन्जय बस्नेत विजयी भए । सन्जयले चिठ्ठा मार्फत जितेका थिए । सन्जय र किशोरको समान १३ मत भएपछि चिठ्ठा थुत्नु परेको थियो ।
कोषाध्यक्षमा कवि खागी विजयी भए । कविले १४ र सागरले १२ भोट प्राप्त गरे । त्यस्तै सदस्यमा सुरज शाक्य, स्वस्तिका पौडेल, राम श्रेष्ठ, बुद्धिराम तामाङ, राजेश कुमार ठाकुर, निरा राजोपाध्याय, अभय राणा र नगेन्द्र भट्टराई चुनिए ।