पत्रकार ढकाललाई पितृशोक

भक्तपुर, साउन २७
नेपाल पत्रकार महासंघ भक्तपुरका सहसचिव एवम् प्रेस चौतारी नेपाल भक्तपुरका अध्यक्ष हेमराज ढकाललाई पितृशोक परेको छ । पत्रकार ढकालका पिता भिष्म प्रसाद ढकालको ५९ वर्षको उमेर आज शनिवार उपचारका क्रममा भक्तपुर अस्पतालमा निधन भएको हो ।
स्वर्गिय भीष्म प्रसाद विगत लामो समयदेखी दम र मुटु सम्बन्धी समस्याले पिडित हुनुहुनथ्यो । उहाँको पत्रकार हेमराजसहित दुई छोरा र एक छोरी छन ।
यसैबीच नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले सहसचिव हेमराज ढकालको पिताको निधनमा दुःख व्यक्त गरेको छ ।