किङ्स कपका लागि ४ खेलाडी छनोट

भक्तपुर, साउन २५
नेपाल टेनिस संघले बिली जिन किङ्स कपका लागि ४ महिला खेलाडी छनोट गरेको छ । सातदोबाटोमा भएको छनोट प्रतियोगिताबाट अभिलाषा विष्ट, माहिका राणा, सुनिरा थापा र रायना शाह छनोट भएको संघका सदस्य अजय विष्टले जानकारी दिए ।
रायनाबाहेक सबै खेलाडी १९ औं एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन् । किङ्स कप अक्टोबर १६ देखि २१ तारिखसम्म बहराइनमा हुँदैछ ।
यो प्रतियोगितामा विगतमा नेपालको सहभागिता उमेरसमूहमा हुने गथ्र्यो । अब नेपालले सिनियरस्तरमा प्रतिस्पर्धा गर्न लागेको हो । अन्तर्राष्ट्रिय टेनिस महासंघले नेपाललाई क्लास ‘बी’ मा अपग्रेड गरेपछि नेपाललाई सिनियरस्तरमा प्रतिस्पर्धा गर्ने बाटो खुलेको सदस्य विष्टले बताए । पहिले नेपाल क्लास ‘सी’ मा थियो ।