लायन्स सप्ताहमा रक्तदान

भक्तपुर, असार २३
लायन्स सप्ताह २०२३ को अवसरमा शुक्रवार ललितपुरको एनसीआइटी कलेजमा बृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । लाइन्स अन्र्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एच, एमडी ३२५ नेपाल अन्तर्गत रहेका ३ वटा क्लवहरु लाइन्स क्लव अफ भक्तपुर मेरिगोल्ड, क्लव चांगुनारायण र क्लव बालकोटको संयुक्त अयोजनामा सो रक्तदान भएको हो ।
कार्यक्रममा ७ महिलासहित ७१ जनाले रक्तदान गर्नुभयो । रक्तदानमा १२२ जना सहभागी हुनुभएकोमा ५१ जना रक्तदान गर्न अयोग्य भएका थिए ।