खस्राङखुसुङ खोला किनारमा पुरुष व्यक्ति मृत फेला

भक्तपुर, असार २०
भक्तपुर नगरपालिका २, व्यासीस्थित खस्राङखुसुङ खोलाको टुमोचा पुल नजिक करिडोर सडकमा बुधवार एक पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको छ । एकिन नामथर नखुलेको अन्दाजी ३५÷४० बर्षको पुरुष व्यक्ति उत्तानो अबस्थामा मृत फेला परेको हो ।
घटनास्थलमा जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी निरिक्षक लोकबहादुर जिसीको टोलीले अनुसन्धान शुरु गरेको परिसर प्रमुख प्रहरी उपरिक्षक (एसपी) प्रजित केसीले बताउनुभयो ।