भक्तपुरमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने

g]kfn / ckmuflg:tfg lar nugv]ndf ePsf] cEof; v]n . ;f] v]n g]kfnn] #–@ n] lht]sf] lyof] . tl:a/ Mx]dGt >]i7

भक्तपुर, जेठ २०
ओम सृजनशिल समाजको आयोजनामा भक्तपुरमा राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिता–२०८० हुने भएको छ । प्रतियोगिता सूर्यविनायक नगरपालिका वडा नं. ४ दधिकोटस्थित हर्षचोकमा जेठ २७ गतेदेखि सञ्चालन हुनेछ ।
भक्तपुर जिल्ला खेलकुद विकाश समिति र सूर्यविनायक नगरपालिकाको समन्वयमा सो प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिताका संयोजक पेशल आचार्यले जानकारी दिनुभयो ।
प्रतियोगितामा २० टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा पहिलो हुने टिमलाई ५० हजार रुपैया पुरस्कार प्रदान गरिने छ । त्यसैगरी दोश्रो हुने टिमलाई २५ हजार र तेश्रोलाई १५ हजार रुपैया पुरस्कार प्रदान गरिने संयोजक आचार्यले बताउनुभयो ।
समाजका अध्यक्ष अर्जुन केसी खेलकुदको माध्यमबाट समाजमा सकारात्मक प्रभाव पर्ने र परिर्वतनकोलागि सहयोग पुग्ने अपेक्षाका साथ प्रतियोगिता गर्न लागिएको बताउनुभयो ।