पत्रकार मोहन बल्ल सम्मानित

भक्तपुर, जेठ २०
सूर्यविनायक नगरपालिका वडा नं. ८ कार्यालयले पत्रकार मोहन बल्ल सम्मान गरेको छ । पत्रकारिताको माध्यमबाट सिपाडोललाई विश्वसामु चिनाउन महत्वपूर्ण योगदान दिनुभएकोमा पत्रकार बल्ललाई वडा कार्यालयले शनिवार सम्मान गरेको हो ।
बल्ललाई सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले दोसल्ला ओढाई सम्मानपत्रले सम्मान गर्नुभएको हो । सोही कार्यक्रममा वडा कार्यालयले विभिन्न क्षेत्रमा उल्लेख्य योगदान गर्नुहुने अन्य १४ जनालाई समेत सम्मान गरिएको थियो ।
सम्मानित हुनेमा बागमती प्रदेशको सांसदमा निर्वाचित किरण थापा, नेपाल प्रहरीका प्रहरी अतिरित्त महानिरीक्षक (एआईजी) दिपक थापा, शिक्षातर्फ पिएचडी गर्ने किशोर हाकुदुवाल, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा भक्तपुरका उपसभापति राकेश थापा, संगीततर्फ अल्मोडा उप्रेती, गीत–संंगीततर्फ महेश्वर बोहरा (मानशराज), कलाकार यादव थापा, शिक्षातर्फ रविन्द्र कुमार थापा, राष्ट्रिय कवड्डी प्रतियोगितामा स्वर्ण पदक विजेता राजेन्द्र तामाङ्ग, राष्ट्रिय महिला फुटबल टिमकी सदस्य अञ्जली मचामसी रहेका छन् ।
त्यस्तै, जिल्लास्तरीय व्याडमिन्टन प्रतियोगितामा स्वर्ण पदक विजेता अमिन प्रजापति, चिकित्सक दिपेन्द्र लोहला, भक्तपुर बहुमुखी क्याम्पसका प्राध्यापक पुण्यराम सुकुपायो, शारीरिक सुगठनका खेलाडी हरि थापा र कलाकार सुरेश वाइवालाई पनि सम्मान गरिएको थियो ।
सो अवसरमा तेक्वाण्डो खेलको प्रशिक्षणमा सहभागी खेलाडी, वडा कार्यालयमा आयोजित युवा शसक्तिकरण कार्यक्रमका सहभागी, ड्राइभिङ प्रशिक्षणमा सहभागी र कफि मेकिङ्गमा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।