हात्ती गाडीबाट खसेर एक महिलाको मृत्यु

भक्तपुर, जेठ २०
भक्तपुरको सल्लाघारीमा मालसामान बोक्ने हात्ती गाडीबाट खसेर एक महिलाको शनिवार बिहान मृत्यु भएको छ । सल्लाघारी हनुमन्ते पुलस्थित राधेराधेबाट निकोसेरातर्फ जाँदैं गरेको बा २१ च ५३०१ नं. को मालसामान बोक्ने हात्ती गाडीमा पछाडी सवार महिला अचानक खसेर मृत्यु भएको हो ।
मृतकको नाम, थर, वतन खुल्न बाँकी रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक बसन्त पाठकले बताउनुभयो । गाडीबाट खसेर गम्भिर घाईते भएका ती महिलालाई उपचारका लागि डा. इवामुरा अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रनाउ पाठकले जानकारी दिनुभयो ।
प्रहरीले गाडी चालक काभ्रे भुम्लु गाउँपालिका–३, घर भई हाल ललितपुर ईमाडोल बस्ने ३० वर्षिय सुर्य बहादुर पहरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको जनाएको छ ।