भुटानी शरणार्थी प्रकरणमा पुर्वगृहमन्त्री खाँड पक्राउ

भक्तपुर, बैशाख २८
पुर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै करोडौं असुली गरेको गिरोहलाई सहयोग गरेको आरोपमा पुर्वगृहमन्त्री खाँणलाई उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाण्डौंको टोलीले बुधबार बिहान चाबहिल, मनमैजुस्थित निवासबाटै पक्राउ गरेको हो ।
सत्तारुढ नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका खाँणलाई जरुरी पक्राउ पूर्जी थमाएर प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पुर्जी जारी गर्ने प्रक्रियामा जाँदा सूचना चुहिएर नेकपा एमालेका सचिव एवं पुर्वउर्जामन्त्री टोपबहादुर रायमाझी फरार भए जस्तै खाँडपनि भूमिगत हुन सक्ने भएकाले प्रहरीलाई जरुरी पक्राउ पुर्जी थमाएर नियन्त्रणमा लिएको हो ।
यही प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव एवं पुर्वउर्जामन्त्री रायमाझी अझै फरार छन् ।
प्रहरी टोली सादा पोशाकका बिहान ९ बजेतिर खाँडको घरभित्र छिरेको थियो । त्यहाँ पुगेका एक प्रहरी अधिकृतका अनुसार टोलीले उनलाई प्रहरी कार्यालयमा जानुपर्ने बताएपछि खाँणले आफुले केही गल्ती नगरेको जिकिर गर्दै नजाडे अडान लिएका थिए । सो क्रममा केही भनाभन भएको सार्वजनिक भएको छ ।
खाँडले प्रहरीसँग नजाने अडान लिएपछि टोलीले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा. मनोज केसीसँग परामर्श ग¥यो । केसीले बयानका लागि जानुपर्ने भन्दै प्रहरीलाई सहयोग गरिदिन आग्रह गरेपछि खाँण ‘फोन गर्छु’ भन्दै कोठाभित्र छिरेर केही समय अलमलाएको प्रहरीले स्रोतले जानकारी दिए ।
अन्ततः प्रहरीसँग जान तयार भएपछि खाँडलाई उनकै बा १७ च ३७३ नम्बरको गाडीमा हालेर जिल्ला प्रहरी परिसर, टेकुमा लगेको थियो । टेकुमा काठमाण्डौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीको कार्यकक्षमा राखेर प्रारम्भिक सोधपुछ गरी हिरासतमा राख्न म्याद थपका लागि जिल्ला अदालत, काठमाण्डौं लगिएको थियो ।
उनलाई प्रहरीले सुरुमा वीर अस्पताल लगेर स्वास्थ्य जाँच गरायो । अस्पतालबाट बबरमहलस्थित जिल्ला सरकारी वकिलको कार्यालय लगेर उनलाई अदालत लगिएको थियो । जिल्ला अदालत, काठमाण्डौंका २९ नम्बर न्यायाधीश उत्तम सिलुवालले बहस सुनेपछि तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । पुर्वगृहमन्त्री खाँड अब कम्तिमा ३ दिन अब उनी प्रहरी हिरासतमा हुनेछन् ।