एसियन दुवाथलनमा अलजावी र स्नेहल प्रथम

????????????????????????????????????

भक्तपुर, चैत्र १९
नेपाल ट्राइयाथलन संघको आयोजनामा पोखरामा सम्पन्न एसियन दुवाथलनको पुरुषतर्फ उपाधि युएईका साउद अलजावी र महिलातर्फको उपाधि भारतकी स्नेहल सुनिल जोशीले जितेका छन ।
एसियन ट्राईयाथलन कप तथा दक्षिण एशियन च्याम्पियनसिप अन्तरगत सम्पन्न दुवाथलन खेलमा साउदले ५ कि.मी. दौड, २० कि.मी. साईक्लिङ र २.५ कि.मी. दौडको दुरी ५९ मिनेट २७ सेकेन्ड र जोशीले १ घन्टा १२ मिनेट १९ सेकेन्डमा पुरा गर्दै उपाधि जितेका हुन् ।
पुरुषतर्फ नेपालका हिमाल टमाटाले ५९ मिनेट ४७ सेकेन्ड र बशन्त थारुले १ घन्टा २ मिनेट ९ सेकेन्डमा दुरी पुरा गर्दै क्रमशः दोश्रो र तेश्रो स्थान हात पारे । महिलातर्फ भारतकी संजना सुनिल जोशी १ घन्टा १३ मिनेट २५ सेकेन्ड समयका साथ दोश्रो र नेपालकी हुमी बुढा मगर १ घन्टा १४ मिनेट ३० सेकेन्ड समयका साथ तेश्रो भए ।