एसिया ट्राइयाथलन कपमा बब र मारगेटा प्रथम

भक्तपुर, चैत्र १८
एसिया ट्राइयाथलन कपको उपाधि पुरुषतर्फ लक्जम्बर्गका बब हेलर र महिलातर्फ स्लोभाकियाकी मारगेटा बिकानोभाले जितेका छन् ।
पोखरामा शनिवार सम्पन्न प्रतियोगितामा निर्धारित ७ सय ५० मिटर पौडी, २० कि.मी. साईक्लिङ्ग र ५ कि.मी. दौड बबले ५५ मिनेट ५५ सेकेन्डमा पुरा गरी पुरुषतर्फ र मागरगेटाले १ घन्टा ४ मिनेट ५१ सेकेन्डमा पुरा गरी महिलातर्फको उपाधि जितेको हो ।
नेपाल ट्राइयाथलन संघको आयोजनमा सम्पन्न प्रतियोगितामा पुरुष तर्फ उज्वेगिस्तानका एलेक्जेन्डर कुरिसोभले उक्त दुरी ५५ मिनेट ५७ सेकेन्ड र तेश्रो स्थानमा रहेका लक्जम्बर्गका स्टेफान जाकोसले ५६ मिनेट ०१ सेकेन्डमा पुरा गरे ।
चौथो स्थानमा रहेका जापानका क्योतारो याशिकावाले ५६ मिनेट ०९ सेकेन्ड र पाँचौ स्थानमा रहेका न्युजिल्याण्डका ओलीभर लारकोम्बेले ५७ मिनेट ५८ सेकेन्ड समयका साथ दुरी पुरा गरे ।


महिलातर्फ जापानकी मिनोरी इकेनो र चिसातो नाकाजिमाले दोश्रो र तेश्रो स्थान प्राप्त गरे । मिनोरीले १ घन्टा ५ मिनेट १८ सेकेन्डमा र चिसातोले १ घन्टा ५ मिनेट ३० सेकेन्डमा दुरी पुरा गरे । चौथो स्थानमा रोमानियाकी एन्तोनेला मानाक र पाँचौ स्थानमा जापानकी युका सातो रहे । मानाकले १ घन्टा ६ मिनेट ४ सेकेन्ड र सातोले १ घन्टा ७ मिनट ३७ सेकेन्डमा दुरी पुरा गरे ।

बिश्व ट्राइयाथलन महासंघको नियम बमोजिम घोषित कुल पुरस्कार राशी मध्ये पहिलोले ३० प्रतिशत, दोश्रोले २५ प्रतिशत, तेश्रोले २० प्रतिशत, चौथोले १५ प्रतिशत र पाँचौले १० प्रतिशत रकम प्राप्त गर्नेछ । त्यसै अनुरुप घोषित कुल ४२ सय डलरबाट शिर्ष तीनले ६३० डलर, ५२५ डलर र ४२० डलर प्राप्त गरे । यसका साथै विजयीले मेडल र प्रमाण पत्र प्राप्त गरे । चौथो स्थान प्राप्त खेलाडीले ३१५ डलर र पाँचौ स्थानका खेलाडीले २१० डलर सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।
यसैगरी सोही प्रतियोगिता अन्तर्गत सम्पन्न दक्षिण एसियन च्याम्पियनसिपमा भारतका आदर्श मुरलीधरण नायर सिनिमोलले उपाधि जिते । उनले निर्धारित दुरी १ घन्टा ४ मिनेट १६ सेकेन्डमा पुरा गरे । यस्तै दोश्रो स्थानमा रहेका भारतकै विश्वनाथ यादवले १ घन्टा ६ मिनेट २५ सेकेन्ड र तेश्रो स्थानमा रहेका नेपालका वसन्त थारुले १ घन्टा ६ मिनेट ५२ सेकेन्डमा दुरी पुरा गरे ।
महिलातर्फ पूर्व विजेता भारतकी प्रज्ञा मोहनले १ घन्टा १२ मिनेट समयका साथ प्रथम स्थान प्राप्त गर्दा भारतकै मान्सी मोहितेले १ घन्टा १३ मिनेट ४६ सेकेन्ड समयका साथ दोश्रो स्थान प्राप्त गरिन् । तेश्रो स्थानमा नेपालकी श्रेवी महर्जनले १ घन्टा १८ मिनेटमा दुरी पुरा गरिन् ।


दक्षिण एसियन च्याम्पियनसिप अन्तरगत जुनियर ट्राईथलनमा भारतले एकलौटी पा¥यो । भारतका खुन्द्रकपाम नगन्बा मैतेले निर्धारित दुरी १ घन्टा २ मिनेट ४६ सेकेन्ड समयका साथ पुरा गर्दै पहिलो, पार्थ मिराज १ घन्टा ६ मिनेट ४२ सेकेन्ड समयका साथ दोश्रो र श्रीदथ सुधिर १ घन्टा १० मिनेट २६ सेकेन्ड समयका साथ तेश्रो भए ।
महिलातर्फ भारतकी संजना सुनिल जोशी १ घन्टा १२ मिनेट २१ सेकेन्डका साथ पहिलो, नेपालकी श्रेवी महर्जन १ घन्टा १८ मिनेटका सथा दोश्रो र भारतकी देवकी शर्मा १ घन्टा २७ मिनेट ८ सेकेन्डका साथ तेश्रो भए ।


राष्ट्रियतर्फ पुरुषमा वसन्त थारु, दिपेश चौधरी र मुकेश चौधरी क्रमश पहिलो, दोश्रो र तेश्रो भए । बसन्तले १ घन्टा ६ मिनेट ५२ सेकेन्ड, दिपेशले १ घन्टा ९ मिनेट १७ सेकेन्ड र मुकेशले १ घन्टा १० मिनेट ४४ सेकेन्ड समयका साथ दूरी पूरा गरे । महिला तर्फ श्रेवी महर्जन प्रथम भईन् । दोश्रो स्थानमा रहेकी केशरी थापा मगरले निर्धारित दुरी १ घन्टा ३२ मिनेट ३१ सेकेन्ड समयमा पुरा गरिन् ।
फेवातालमा आयोजना भएको प्रतियोगितामा पुरुषतर्फ नेपाल सहित लक्जम्बर्ग, उज्वेकिस्तान, जापान, उरुग्वे, अष्ट्रिया, अष्ट्रेलिया, काजाकिस्तान, स्लोभाकिया, युएई, प्लोस्टाईन, न्युजिल्याण्ड र भारतका गरी ४३ खेलाडी सहभागी थिए ।
यस्तै महिला तर्फ जापान, रोमानिया, स्लोभाकिया, उज्वेक्सितान, मरिसस, अलजेरिया, भारत र नेपालका गरी १५ खेलाडीले प्रतिष्पर्धा गरेका थिए । प्रतियोगिताको दुवाथलन विधाको प्रतिस्पर्धा आइतबार हुनेछ ।