मोवाईल चोरी गरी विक्रि वितरण गर्ने दुई जना पक्राउ

भक्तपुर, चैत्र ११
भक्तपुरको कमलविनायकस्थित मोवाईल पसल युएम मोवाईल रिप्येर सेन्टरमा चोरी कार्यमा संलग्न एक र उक्त चोरीका मोवाईल खरिद गरी बिक्रि वितरण गर्ने एक गरी दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चोरीमा संलग्न भएको आरोपमा काभ्रेपलान्चोक महाभारत घर भई हाल काठमाण्डौं महानगरपालिका वडा नं. १६ माछापोखरी बस्ने २२ वर्षिय जिनलाप घिसिङ र चोरीका मोवाईल खरिद गरी विक्रि वितरण गर्ने कार्यमा संलग्न भएको आरोपमा लमजुङ सुन्दरबजार १ घर भई हाल काठमाण्डौ महानगरपालिका वडा नं. १६ बालाजु बस्ने ३० वर्षिय रामशरण अछामी हुन ।
पुस्कल रञ्जितकारले सञ्चालन गरेको मोवाईल पसल युएम मोवाईल रिप्येर सेन्टरमा गत फागुन २४ गते राती विभिन्न कम्पनीका २२ थान मोवाईल चोरी भएको थियो । उक्त घटनामा अनुसन्धान गर्ने क्रममा प्रहरीले विभिन्न कम्पनीका ८ थान मोवाईलसहित घिसिङलाई पक्राउ गरिएको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक बसन्त पाठकले बताउनुभयो ।
साथै उक्त चोरीका मोवाईल खरिद गरी विक्रि वितरण गर्ने कार्यमा संलग्न भएको आरोपमा अछामीलाई समेतलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रनाउ पाठकले जानकारी दिनुभयो ।
अनुसन्धानको क्रममा गत फागुन १४ गते काठमाण्डौं बुढानिलकण्ठमा राम कुमार दंगालले सञ्चालन गरेको चाहना मोवाईल मार्ट र गत फागुन १६ गते काठमाण्डौं जोरपाटीको अशोक सापकोटाले सञ्चालन गरेको सापकोटा मोवाईल सेन्टरमा समेत घिसिङले चोरी गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई प्रहरी वृत्त जगातीमा राखी थप अनुसन्धान भइरहेको डिएसपी पाठकले बताउनुभयो ।