विश्व मुवाँथाइमा सञ्जयलाई रजत

भक्तपुर, चैत्र ५
नेपालका सञ्जय राईले १८ औं विश्व मुवाँथाइ च्याम्पियनसिपमा रजत पदक जितेका छन् । सञ्जयले पुरुष ५४ केजीमा रजत जितेको नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।
थाइल्यान्डको बैंककमा भएको प्रतियोगिताको फाइनलमा सञ्जय ब्राजिलका खेलाडीसंग पराजित भएपछि रजतमा सीमित भएका हुन् ।
च्याम्पियनसिपमा नेपालले ३ कांस्य पदक समेत जितेको छ । पुरुष ५७ केजीमा गुणराज रुचाल तथा ७१ केजीमा नवराज पराजुलीले कांस्य जितेका थिए । महिला ४८ केजीमा डेनिका राईले नेपाललाई कांस्य दिलाएकी थिइन् ।
यसअघि विश्व च्याम्पियनसिपको फरक संस्करणमा नेपालले हालसम्म १ स्वर्ण, १ रजत र ७ कांस्य पदक जितेको नेपाल राष्ट्रिय मुवाँथाइ संघले जनाएको छ ।