दिपा चम्किँदा प्यालेस्टाइनमाथि नेपालको शानदार जित

भक्तपुर, फागुन २४
एएफसी यु–२० महिला एसियन कप छनोटमा नेपालले शानदार शुरुवात गरेको छ । समूह बी को पहिलो खेलमा नेपालले घरेलु टोली प्यालेस्टाइनलाई ६–० गोल अन्तरले हराउँदैं शानदार शुरुवात गरेको हो ।
नेपालको जितमा दिपा शाहीले ह्याट्रिक गरे भने गरिमा राईले २ गोल गरिन । आत्मघाती गोलको रुपमा नेपालले एक गोल उपहार पाए ।
दिपाले खेलको २१ औं मिनेटमा गोल गर्दै नेपाललाई शुरुआती अग्रता दिलाए । गरिमाले २९ औं मिनेटमा गोल गर्दा नेपाल पहिलो हाफमा २–० ले अघि रह्यो ।


खेलको ६४ औं मिनेटमा दिपाले व्यक्तिगत दोस्रो गोल गर्दा नेपाल ३–० ले अघि रह्यो । ७५ औं मिनेटमा दिपाले ह्याट्रिक पूरा गर्दा नेपालको अग्रता ४–० को बन्यो । खेलको ८३ औं मिनेटमा गरिमाले व्यक्तिगत दोस्रो गोल गर्दा नेपाल ५–० ले अघि रह्यो । खेलको ८५ औं मिनेटमा प्यालेस्टाइनकी गोलकिपर शारलोट फिलिप्सले आत्मघाती गोल गर्दा नेपाल ६–० ले विजयी भयो । दिपाको प्रहार पोस्टमा लागेर फर्किएको बल फिलिप्सलाई लाग्दै गोल भएको थियो ।


जितसँगै नेपालले पहिलो खेलमै ३ अंक जोड्दै समूहको शिर्ष स्थानमा रहेको छ । नेपालले समूहको दोस्रो खेल नर्दन मारियानासँग सोमबार खेल्नेछ । छनोटबाट समूह विजेताले दोस्रो चरणमा स्थान बनाउने छन् ।
दोस्रो चरण जुन ३ देखि ११ सम्म हुनेछ । जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यु–२० महिला एसियन कप खेल्नेछ । उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप २०२४ को मार्च ३ देखि १६ सम्म हुनेछ । यु–२० महिला एसियन कपमा १६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।