बार एसोसियसन भक्तपुरमा पुनः प्रधान

भक्तपुर, फागुन २१
नेपाल बार एसोसियसन भक्तपुरको अध्यक्षमा पुनः रविन्द्र प्रधान निर्वाचित हुनुभएको छ । बारको शनिवार सम्पन्न निर्वाचनमा प्रधान पुनः निर्वाचित हुनुभएको हो । भक्तपुर बारमा प्रधान नेतृत्वको पुरै प्यानल निर्वाचित भएको निर्वाचन समितिका सुमन श्रेष्ठले बताउनुभयो ।
अध्यक्षमा चार जना प्रतिष्पर्धी थिए । प्रधान १०६ मत प्राप्त गरी विजयी हुनुभएको हो । अध्यक्षका अर्को प्रत्याशी राजेश कृष्ण सिपाईंले ७९, घनश्याम जोशीले १५ र राजु कैतीले १६ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत गजेन्द्रशंखर तिमिलाले जानकारी दिनुभयो ।
एसोसियनको उपाध्यक्षमा सुरोज कुमार तुक्षें १०९ मत ल्याई विजयी हुनुभयो । उहाँका प्रतिष्पर्धी तुइलाल श्रेष्ठले ७३ र शिवराम बोहजुले २७ मत प्राप्त गर्नुभयो ।
सचिवमा पुरुषोतम तिमिल्सिना १०४ मत ल्याई विजयी हुँदा प्रतिष्पर्धी अञ्जना बासुकलाले ८६ र गम्भिरमान ज्याख्वाले ३३ मत प्राप्त गर्नुभयो । सहसचिवमा सुमित्रा मल्ल १२५ मत र कोषध्यक्षमा विक्रम बखुन्छें १५६ मतका साथ निर्वाचित भएका छन् ।
त्यसैगरी महिला सदस्यमा अन्जाली भासिमा, सदस्यमा प्रदिप कार्की, रमेश खनाल, प्रचण्ड प्रकास प्रधान नौला, फर्समाया देवी मगर, सुजन कार्की, प्रकाश धौबन्जार, निरज श्रेष्ठ विजयी भएका छन् ।
यस्तै केन्द्रिय पार्षदमा सानु सुवाल, हिम प्रकास प्रजापति, अविकेश्वर पोखरेल, सत्यन्द्र प्रजापति, राम राज कायस्थ, गिता तिम्सिना, नानीराम थापा, शुन्दर पुरी, अनिष सुवाल, छत्रमणी दहाल, प्रियकुमार थापा र दिपक बस्नेत विजयी भएको निर्वाचन समितिले जनाएको छ ।