भक्तपुरको लोहकिल्थलीमा दिउँसै साढे सात लाखको चोरी

भक्तपुर चैत्र १६
मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित एक घरमा बुधवार दिउँसो करिव ७ लाख बराबरको धनमाल चोरी भएको छ । लोहकिल्थलीस्थित ईन्द्रशान व्याङक्वेट नजिक ईश्वर कार्कीको तीन तल्ले घरको दोस्रो तलामा डेरा गरी बस्ने सिरहा मिरचैया नगरपालिका–४ का राधेश्याम साहको डेरामा सो चोरी भएको हो ।
स्टाण्डर्ड चार्टर बैंक नयाँ बानेश्वरमा कार्यरत साहको फ्ल्याटको मुल ढोका फुटाई चोरी गर्ने समूह भित्र प्रवेश गरी भित्रको तिन वटा कोठाको ताला समेत फुटाई कोठामा रहेको २ वटा काठको दराजमा रहेको नगद ४ लाख ५० हजार, सुनको करिव डेढ तोलाको सिक्री र शैक्षिक प्रमाणपत्रहरु चोरी भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी प्रजित केसीले बताउनुभयो । चोरी गर्ने समूहले ल्यापटप तोडफोड गर्नुका साथै काठका दराज र लत्ताकपडामा समेत क्षति गरेको पाईएको एसपी केसीले बताउनुभयो ।