लागु औषध मुद्दाका फरार अभियुक्त पक्राउ

भक्तपुर, फागुन १६
लागु औषध मुद्दामा भक्तपुर जिल्ला अदालतबाट दोषी ठहर भई फरार भएका भक्तपुर नगरपालिका साविक १७ नं. वडा हाल वडा नं. १ बस्ने २९ वर्षिय जेरी भन्ने जेनिस शिल्पकारलाई प्रहरीले मंगलवार पक्राउ गरेको छ ।
शिल्पकारलाई भक्तपुर जिल्ला अदालतले २०७४ जेठ ३० गते २ वर्ष कैद र एक लाख रुपैंया जरिवाना हुने पैmसला गरेको थियो । पैmसला अघि एक महिना ९ दिन कैद बसेका शिल्पकार पैmसलापछि फरार भएका थिए ।
प्रहरीले खोजतलास गर्ने क्रममा शिल्पकारलाई सूर्यविनायक नगरपालिका १० साँगाबाट पक्राउ गरिएको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक (प्रनाउ) कुमार प्रसाद मैनालीले बताउनुभयो । शिल्पकारलाई जिल्ला अदालत पेश गरिएको प्रनाउ मैनालीले जानकारी दिनुभयो ।