जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

भक्तपुर, फागुन १६
भक्तपुर प्रहरीले १७ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा मेलुङ्ग गाउँपालिका वडा नं. ५ घर भई हाल मध्यपुर थिमि लोहकिल्थली बस्ने २३ वर्षिय जय भन्ने श्री थापा रहेका छन ।
थापाले गत फागुन ७ गते एक १७ वर्षिया बालिकालाई आफ्नै डेरा कोठामा लगेर जबरजस्ती करणी गरेको पिडित बालिकाकी आफन्तले दिएको उजुरीको आधारमा पक्राउ गरिएको हो ।
थापालाई मध्यपुर थिमि ६ पुरानो थिमिबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक (प्रनाउ) कुमार प्रसाद मैनालीले बताउनुभयो । थापालाई प्रहरी वृत्त थिमिमा राखी थप अनुसन्धान कार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।