स्थलगत चित्रकलामा आयुषा प्रथम

भक्तपुर, फागुन १३
मध्यपुर थिमि अन्तर विद्यालय व्यापी स्थलगत चित्रकला प्रतियोगितामा एस ओ एस हर्मन माइनर स्कुलका आयुषा सुनुवार प्रथम हुनु भएको छ । मध्यपुर थिमि नगरपालिका वडा नं. ८ कार्यालयले आयोजित सो प्रतियोगितामा सहभागी ६० विद्यार्थीमा आयुषा प्रथम हुनुभएको हो । उहाँले नगद ७ हजार ५ सय पुरस्कार प्राप्त गर्नुभयो ।
प्रतियोगितामा हिमचुली स्कुलका रियाज रानामगर दृतिय हुनुभयो । उहाँले नगद ५ हजार पुरस्कार प्राप्त गर्नुभयो । त्यसैगरी मातृभुमी स्कुलका मिसन आचार्य तृतिय हुँदैं नगद ३ हजार पुरस्कार पाउनुभयो भने चाणक्य स्कुलका आशिष उप्रेतीले नगद २ हजारसहित सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो ।


प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाले विद्यार्थीहरुको पढाईका साथ साथै उनीहरुमा रहेको विभिन्न प्रतिभा प्रस्फुटन गराउन खेलकुद लगायत अतिरिक्त क्रियाकलापमा समेत जोड दिँदैं आइरहेको बताउनुभयो ।
कार्यक्रममा वडा नं. ८ का वडाअध्यक्ष रमेश थापा श्रेष्ठले भविष्यमा पनि विद्यार्थीहरुको प्रतिभा पहिचानका लागि यस्तै प्रतियोगिता आयोजना गर्दै जाने बताउनुभयो ।
प्रतियोगितामा मध्यपुर थिमि नगरका १९ विद्यालयका ६० विद्यार्थीको सहभागिता रहेको थियो ।