साफका लागि यू–२० महिला टोली घोषणा

भक्तपुर, माघ ९
अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमवार साफ यू–२० महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले बन्द प्रशिक्षणमा रहेका ३१ खेलाडीबाट २३ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो ।
टोलीको कप्तानी राष्ट्रिय टोलीकी सदस्य प्रिति राईले गर्नेछिन् । टोलीमा फरवार्ड गरिमा राई, अमिषा कार्की, ममता पुन र अञ्जली चन्द, गोलकिपर कविता विक, सावित्री किसान र लिला जोशी समावेश गरेका छन ।
यसैगरी डिफेन्डर सबिना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भोलान, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी र कुमारी तामाङ तथा मिडफिल्डर तुलसा बोहरा, कुसुम खतिवडा,सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई (कप्तान), अञ्जली मचामसी, सरस्वती हमाल र दीपा शाही छन ।
टोलीले ढाकामा सन् २०२३ को फेब्रुअरी ३ देखि ९ सम्म हुने साफ यू–२० महिला च्याम्पियनसिपमा भाग लिनेछ ।