रेड मक्र्युरी भनी ठगी गर्ने समूह पक्राउ

भक्तपुर, पौष २४
काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले रेड मक्र्युरी भनी ठगी गर्ने समूहलाई पक्राउ गरेको छ । काठमाण्डौं धुम्बाराही क्षेत्रमा केही व्यक्तिहरुले रेड मक्र्युरी भनी एक करोड रुपैंयामा बिक्रि गरी ठगी गर्न लागेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले सो समूहलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा काठमाण्डौंको क्षेत्रपाटी घर भई हाल बालाजु बस्ने ३९ वर्षिय अख्तर हुसेन, धादिङ गल्छी गाउँपालिका ६ घर भई हाल काठमाण्डौं नयाँबजार बस्ने ३० वर्षिय राज मगर, रुपन्देशी कञ्चन गाउँपालिका घर भई हाल काठमाण्डौं बालाजु बस्ने ३८ वर्षिय मिनबहादुर दर्जी, धादिङ धुनबेंसी गाउँपालिका २, महेशफाँटका २५ वर्षिय कृष्णकुमार परियार रहेका छन ।
यसैगरी पक्राउ पर्नेहरुमा प्युठान नौबैरी गाउँपालिका ३ घर भई हाल काठमाण्डौं कलंकी बस्ने ५१ वर्षिय गंगाबहादुर बुढा, म्याग्दी बेनी नगरपालिका ५ घर भई काठमाण्डौं बालाजु बस्ने ४५ वर्षिय प्रेमबहादुर बाँनिया, बाग्लुङ जलजला गाउँपालिका घर भई हाल काठमाण्डौं बुढानिलकण्ठ बस्ने ५१ वर्षिय मुयाल श्रिष, रौतहट गुजरत नगरपालिका २ वर्मटोल घर भई हाल काठमाण्डौं नयाँ बसपार्क बस्ने ३८ वर्षिय संगम लामा र उदयपुर गढी गाउँपालिका ५ क्युरेनी घर भई काठमाण्डौं बसुन्धरा बस्ने ३९ वर्षिय बलजित विश्वकर्मा छन ।
पक्राउ गरिएका सबैलाई थप कारवाहीको लागि प्रहरी वृत्त महाराजगञ्ज पठाएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत प्रहरी उपरिक्षक (एसपी) कृष्णप्रसाद कोइरालाले बताउनुभयो ।