मुहानपोखरी – चरेली– खावा सडकलाई स्व. सुरेन्द्रप्रताप शाह स्मृति मार्ग नामाकरण

भक्तपुर, पौष २१
चाँगुनारायण नगरपालिकाले नगरको मुहानपोखरी – चरेली– खावा सडकलाई स्व. सुरेन्द्रप्रताप शाह स्मृति मार्ग नामाकरण गरेको छ । चाँगुनारायण नगरपालिका वडा नं ६ र ७ को पहलमा नगर कार्यपालिका बैठकले उक्त मार्गको नामाकरण गरेको हो ।
वरिष्ठ राजनीतिज्ञ स्व. शाह भक्तपुर जिल्लाका पूर्व जिल्ला सभापति एवम् समाजसेवी हुनुहुन्थ्यो । राप्रपा भक्तपुरका पुर्व अध्यक्ष समेत रहनुभएका शाह भक्तपुरका सबै दल
नगरप्रमुख जीवन खत्रीले बुधवार आयोजित कार्यक्रममा उक्त मार्ग स्व. सुरेन्द्रप्रताप शाह स्मृति मार्ग नामाकरण गरिएको घोषणा गर्नुभयो । सो अवसरमा खत्रीले स्व. शाहको योगदानको कदर गरि नगर कार्यपालिका बैठकले सर्वसम्मत रूपमा सडक नामाकरण गरिएको जानकारी दिँदै स्व शाह सबैका लागि उदाहरणीय व्यक्ति भएको चर्चा गर्नुभयो । उहाँले समाजको हितका लागि निस्वार्थ रूपमा सेवा गर्ने व्यक्तिलाई समाजले सम्झने बताउँदै स्व शाहको योगदान र गुण अनुशरण गर्न जोड दिनुभयो ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हीरामणि सुवेदीले स्व शाहसँग साविक जिविसमा सहकार्य गरेको स्मरण गर्दै स्व शाह विकासप्रेमी, समाजप्रेमी सामाजिक अभियन्ता रहेको बताउनुभयो । उहाँले स्व. शाहको योगदान स्मरण गर्दै स्व शाहका अपुरा सपना पूरा गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
राप्रपाका सह महामन्त्री एवम् स्व शाहका छोरा रवीन्द्रप्रताप शाहले स्व. शाह प्रेरणादायी व्यक्ति भएको चर्चा गर्दै नगरपालिकाले गरेको काम समाजसेवी तथा राजनीतिक व्यक्तिका लागि उदाहरणीय रहेको बताउनुभयो ।
नेमकिपाका अर्जुन काफ्लेले स्व शाहको योगदानलाई सबैले अनुसरण गर्न जोड दिँदै नगरपालिकाले नगरवासीको हितका लागि काम गर्न सुझाव दिनुभयो । कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नं ६ का वडा अध्यक्ष धनबहादुर लामाले भक्तपुरको उत्तरपूर्वी भेगको विकासका प्रेणता रहेको उल्लेख गर्दै स्व शाहको उच्च स्मरण गर्दै गरिएको काम सराहनीय रहेको बताउनुभयो । कार्यक्रम चाँगुनारायण नगरपालिका वडा नं ६ का वडा अध्यक्ष श्याम नायजूको सभापतित्वमा भएको थियो ।