महान फुटबलर पेलेको निधन

भक्तपुर, पौष १५
महान फुटबलर पेलेको निधन भएको छ । पेलेको ८२ वर्षको उमेरमा ब्राजिलको एक अस्पतालमा उपचारका क्रममा बिहीबार राति निधन भएको हो । उनकी छोरी केली नासिमेन्टोले पिताको निधन भएको जानकारी गराएकी थिइन् ।
ब्राजिललाई लगातार तीन पटक फिफा विश्वकप उपाधि दिलाउन पेलेको महत्वपूर्ण योगदान रहेको छ । पेले प्रेरित ब्राजिलले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जितेको थियो । लगातार तीन पटक विश्वकप उपाधि जित्ने पेलेको नाममा दुर्लभ कीर्तिमान छ । पेलेले आफ्नो २१ वर्षे खेल जीवनमा १३६३ खेल खेल्दै १२८१ गोल गरेका छन ।
उनले ब्राजिलको लागि ९२ खेल खेल्दै ७७ गोल गरेका छन् । फुटबलमा जादुमय क्षमता भएका पेलेलाई सन् २००० मा फिफा प्लेयर अफ दि सेन्चुरी घोषणा गरिएको थियो ।
उनी पछिल्लो समय क्यान्सरबाट पीडित थिए । उनलाई नोभेम्बर २०२२ देखि साओ पाउलोको अल्बर्ट आइन्सटाइन हस्पिटलमा भर्ना गरिएको थियो ।